ओली सरकारलाई एक करोड कोरोना विरुद्धको खोप आपुर्ति व्यवस्था सुनिश्चित गरेकोमा धन्यवाद: कमल थापा

राप्रपा का नेता कमल थापाले केपीओली सरकारले एक करोड कोरोना विरुद्धको खोप आपुर्ति व्यवस्था मिलाएकोमा धन्यवाद दिएका छन् आज सामाजिक संजालमा लेख्दै उन्ले भनेका छन् “शुरुमा केही अलमल र विवाद भएपनि जाँदाजाँदै को सरकारले करिव एक करोड कोरोना विरुद्धको खोप आपुर्ति व्यवस्था सुनिश्चित गरेकोमा धन्यवाद दिनैपर्छ।”

साथै उनले शेरबहादुर देउबालाई ल्याइएको खोप अभियानको रुपमा लगाउने तथा थप खोप ल्याउने कार्यमा सफलता प्राप्त गर्ने आशा गर्दै शुभकामना समेत दिएका छन्