ओलीले बोलाएको संसदीय दलको बैठक नेपाल समूहले बहिष्कार गर्ने

२०७८ श्रावण १, शुक्रबार ०७:५१

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक माधव नेपाल समूहले बहिष्कार गर्ने बताएका छन् ।  अध्यक्ष तथा संसदीय दलका नेता ओलीले शुक्रवार ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन् ।

समझदारीबिना कुनै पनि बैठकमा नजाने नेपाल समूहका सांसद विरोध खतिवडाले बताए। उनले प्रश्न गर्दै भने , ‘ माधव नेपालले बोलाएको बैठकमा केपी ओली आउनु हुन्छ ? ‘

बैठक शुक्रवार संघीय संसदको लोत्से हलमा बस्ने छ। प्रतिनिधि सभाको बैठकमा एमालेको रणनीति बनाउन ओलीले बैठक बोलाएका हुन्।

सर्वोच्च अदालतले असार २८ गते एक हप्ताभित्र प्रतिनिधिसभा बोलाउन आदेश दिएको थियो। उक्त आदेश अनुसार प्रतिनिधि सभाको बैठक बोलाउने तयारी भएको हो।

107 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal