‘रामायण’ सिरियलको शबरी राजस्थानको पहिलो फिल्म अभिनेत्री थिइन् ।

51

रामानन्द सागरको ‘रामायण’ सबैभन्दा लोकप्रिय मानिन्छ । १९८६- १९८८ को बिच प्रसारण भएको यस सिरियलमा देखिएका कलाकार यिनको असली नामले भन्दा पनि यिनले अभिनय गरेका पात्रको नामले बढी चिनिन थाले । यो सिरियल यति लोकप्रिय भयो कि रामानन्द सागरको एक-एक पात्र दर्शकलाई आजसम्म याद छ । तर तपाईँलाई त्यो दृश्य याद छ जसमा शबरी श्रीरामलाई आफ्नो जुठो बयर खुवाउँछिन् ? यो दृश्यलाई दर्शकहरूले बिर्सिन नै सक्दैनन् । तर माता शबरीको पात्रमा अभिनय गर्ने अभिनेत्री सरिता देवीलाई धेरै कमले चिन्छन् ।

उनले २२ वर्षको उमेरमा करियरको सुरुवात गरेकी थिइन्

सरिता देवीको जन्म २३ नोभेम्बर १९२५ , जोधपुरमा भएको थियो । सरिता राजस्थानको पहिलो फिल्म अभिनेत्री हुन् । उनले भारत स्वतन्त्र भएको वर्ष, १९४७ मा आफ्नो फिल्म करियरको सुरुवात गरेकी थिइन् । उनको पहिलो फिल्म ‘तोहफा’ मा उनले नायिका अनुराधाको आमाको भूमिकामा अभिनय गरेकी थिइन् ।

Facebook Comments Box