माधव नेपाल गद्दार हुन्, क्षमा दिन सकिँदैन : ओली

२०७८ असार ३०, बुधबार १५:१०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिँदै नेपाललाई क्षमा दिन नसकिने बताए । नेपालबाहेक अरूले कमजोरी महसुस् गरि आए स्विकार भने गर्न सकिने बताए ।

बालकोट पुगेका उनले समर्थकहरुलाई सम्बोधन गर्दै भने, ‘ पछाडि लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनु हुन्छ भने उहाँहरुलाई मौका दिन्छौं । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन ।’

156 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal