संविधानको धारा नै उल्लेख नगरि गरिएको नियुक्ति नस्वीकार्ने र सपथ पनि नलिने देउवाको अडान

२०७८ असार २९, मंगलवार १९:२२

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा संविधानको धारा नै उल्लेख नगरि गरिएको नियुक्ति नस्वीकार्ने र सपथ पनि नलिने शेर बहादुर देउवाले अडान लिएका हुन् ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा संविधानको कुन धारा अनुसार नियुक्त गरिएको हो भन्ने उल्लेख गरिएको छैन । विज्ञप्तिमा उल्लेख छ  ‘ सर्वोच्च अदालतको असार २८ गतेको परमादेशअनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरिएको हो ।’

आफूलाई संविधानको धारा ७६ (५) अनुसार नियुक्त गर्नुपर्नेमा राष्ट्रपतिको कार्यालयबाट असंवैधानिक नियुक्ति दिन खोजिएको भन्दै देउवाले शपथग्रहण गर्न असहमति जनाउनुभएको देउवानिटक नेताले बताउनुभयो ।

नियुक्तिको जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिपछि साँझ ६ बजे हुने भनिएको शपथग्रहण समारोह अझै सुरु हुन सकेको छैन ।

नियुक्ति नसच्चिएसम्म शपथग्रहण नगर्ने देउवाको अडान

167 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal