यूनियन लाईफ इन्स्योरेन्सको आईपीओमा लगानीकर्ताको ओहिरो, मागभन्दा ६ गुणा बढी आवेदन

२०७८ असार २८, सोमबार १७:५४

असार २४ गते बिहीवारदेखि सार्वजनिक निष्कासनमा आएको यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ खरीद गर्ने अवधि सकिएको छ ।

सोमवार साँझ ५ बजेसम्म कम्पनीको सार्वजनिक निष्कासनमा आएको आईपीओ खरीदका लागि २१ लाख ५० हजार ४७८ जनाले ३ करोड ४० लाख १० हजार ८९० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा ५ दशमलव ८५ गुणा बढी आवेदन हुन आउँछ ।
कम्पनीले रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओमध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।

हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गरेको हो । आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १५ करोड पुग्नेछ ।

110 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal