उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता नहोस् : गगन थापा

२०७८ असार २८, सोमबार १५:१४

काँग्रेस नेता गगन थापाले अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन भन्दै टिप्पणी गरेका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन् , ” प्रतिनिधिसभा विघटन असंवैधानिक थियो,सर्बोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ । अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन।”

उनले उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् भन्दै कामना गरेका छन्।

107 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal