माधव नेपाललाई भेटेर फर्किए घनश्याम भुसाल

30

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलका सदस्य घनश्याम भुसालले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।

आइतबार दिउँसो सिंहदरबारमा कार्यदलको छलफल भइरहेका बेला नेता नेपालसँग छलफल गर्न भुसाल कोटेश्वर पुगेका थिए ।

कार्यदलको बैठक विहानदेखि चलिरहेको छ । नेता नेपालसँग कुराकानी गरेर भूसाल फर्किए पछि पनि कार्यदलको बैठक चलिरहेको छ ।

कार्यदलको बैठक नसकिए पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक बस्न सकेको छैन । अध्यक्ष ओलीले दिउँसो चार बजे स्थायी कमिटी बैठक बोलाएका थिए ।

Facebook Comments Box