अब किसानलाई पनि क्रेडिट कार्ड

63

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्ष गरी ‘किसान क्रेडिट कार्ड’ वितरण शुरुआत गरेको छ । साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखिएको छ । यसरी पहुँच कम पुगेका साना किसानका लागि विनाधितो न्यूनतम ब्याजमा पाँच वर्षका लागि क्रेडिट कार्डमार्फत पशुपालन र कृषि व्यवसायका लागि रु दुई लाख प्रदान गरिने जनाइएको छ ।

सहकारीको व्यवस्थापन र समूह जमानतमा विभिन्न वित्तीय संस्थामार्फत ऋण प्राप्त गर्ने गाउँपालिकाको योजना छ । नेपाल बङ्गलादेश बैंक लिमिटेड, आरएण्डी इनोभेटिभ सोलुशन प्रालि, मकवानपुरगढी र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौतानुसार किसान कार्ड लिएका किसानले न्यूनतम ब्याजमा रु दुई लाख प्राप्त गर्न सक्नेछन् ।

पहिलो चरणमा आठ महिला र १७ पुरुष किसानलाई किसान कार्डमार्फत सो रकम प्रदान गरिने छ । तिनले विनाधितो सहुलियत ब्याज दरमा कृषि कर्जा पाउने छन् । गाउँपालिकाभित्र किसानको सङ्ख्या ८०० पु¥याइने लक्ष्य गाउँपालिकाको छ । सार्वजनिक पुस्तकालय स्थापना जिल्लाका विभिन्न तीन स्थानमा सार्वजनिक पुस्तकालय स्थापना गरिएको छ ।

पठन संस्कृतिको विकास गर्न पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरता तथा सहयोगमा मकवानपुरको बकैया गाउँपालिका–४ मा बकैया , हेटौँडा– ७ नागस्वतीमा समृद्ध पुस्तकालय र हेटाँंैडा–६ मा शान्ति पुस्तकालय स्थापना भएको हो । स्थानीय टोल विकास संस्थाले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी एक महिनाको अवधिमा तिनै स्थानमा पुस्तकालय स्थापना गरिएको छ । पुस्तकालय अभियान समूहको अग्रसरता तथा सहयोगमा तीन वटा पुस्तकालय स्थापना भएका छन् । यसैबीच सबैभन्दा पछिल्लो पटक बकैया गाउँपालिका–४ मा बकैयामा पुस्तकालय स्थापना गरिएको छ ।

पुस्तकालय अभियान समूहले बकैया सार्वजनिक पुस्तकालय स्थापनाका लागि रु ५० हजार बराबरका १५१ थान पुस्तक हस्तान्तरण गरेको हो । पुस्तकालय अभियान समूहका सदस्य नरेन्द्र भण्डारी र बकैया सार्वजनिक पुस्तकालयका सदस्य गोविन्द चौलागाईंबीच हस्तान्तरणको कागजात आदानप्रदान गरिएको छ । बकैया सार्वजनिक पुस्तकालयका लागि किशोर पराजुली, श्याम मुडभरी, गोविन्द चौलागार्इं, दीपक गौतम, सुवास खड्का, शरण बानियाँ, हरेराम आचार्य, किशोरकुमार दङ्गाल, एसके निधन र राम मङ्ग्रातीले जनही रु पाँच हजारका दरले योगदान गरेका छन् ।

प्रदेश सरकारलाई अक्सिजन सिलिण्डर सहयोग वाग्मती प्रदेशभित्रका कोभिड–१९ सङ्क्रमितका उपचारमा सघाउ पु¥याउने उद्देश्यले एसटिसी गुप्रले प्रदेश सरकारलाई दुई सय थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अक्सिजन सिलिण्डर र दुई सय थान रेगुलेटर उपलब्ध गराइएको गु्रपका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिनुभयो ।

Facebook Comments Box