पाँच विद्यार्थी संगठनको आन्दोलनका थप कार्यक्रम घोषणा

२०७८ असार २७, आईतवार १५:०७

७२ घन्टे अल्टिमेटममा मूल्यवृद्धि फिर्ता नभएकाले आन्दोलनरत पाँच विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरिएका छन् ।

नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल छैटौँका अध्यक्ष विमल पोखरेलले संयुक्त पत्रकार सम्मेलन गरेर आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन् ।

२८ असारदेखि नेपाल आयल निगमका गाडीहरू चल्न नदिने, २९ असारमा पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरूलाई पेट्रोल पम्प र ट्यांकर सञ्चालन नगर्न अनुरोध गर्ने, ३० असारदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने कार्यक्रम विद्यार्थी संगठनले घोषणा गरेका छन् ।

107 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal