एएफसी यू २३ च्याम्पियनसीप छनोट : नेपाल समूह बी मा

२०७८ असार २५, शुक्रबार २१:००

एएफसी यू २३ च्याम्पियनसीप छनोटमा नेपाल समूह बी मा परेको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल रहेको वेष्ट जोन समूहमा इरान, ताजकिस्तान र लेबनान रहेका छन् । समूह बी का खेल ताजकिस्तानमा सञ्चालन हुनेछन् । नेपालले पाँचौँ पटक यु–२३ छनोट प्रतियोगिता खेल्न लागेको हो ।

नेपाल हालसम्म छनोट चरण पार गर्न असफल भएको छ । एएफसी यू २३ च्याम्पियनसीप छनोट प्रतियोगिताका लागि २३ देशलाई ६ समूहमा विभाजन गरिएको छ । पाँच समूहमा चार चार तथा एउटा समूहमा तीन देश रहेका छन् । यस्तै इस्ट जोनमा रहेका १९ देशलाई पाँच समूहमा विभाजन गरिएको छ । छनोट चरणका खेल आगामी कात्तिक ६ देखि १४ गतेसम्म सञ्चालन हुनेछन् । एएफसी यू २३ च्याम्पियनसीप भने सन् २०२२ को जून महिनामा उज्वेकिस्तानमा आयोजना हुनेछ । उज्वेकिस्तान आयोजकको रुपमा सो प्रतियोगिताका लागि स्वतः छनोट भएको छ ।

275 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal