फेसबुक, ट्वीटर र गुगलविरुद्ध ट्रम्पले हाले मुद्दा

२०७८ असार २४, बिहीबार १२:४७

काठमाडौं । संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधिका विख्यात कम्पनी फेसबुक, गुगल र ट्वीटरविरुद्ध मुद्दा दर्ता गराएका छन् । उनले आफू यी कम्पनीको सेन्सरसिपकाे शिकार बनेको भन्दै मियामीमा रहेकाे जिल्ला अदालतमा मुद्दा हालेका हुन् ।

उनले दायर गरेकाे मुद्दामा कम्पनीका सीईओलाई बढी लक्षित गरिएको छ । ट्रम्पलाई गएको जनवरीदेखि सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र युट्युबमा प्रतिबन्ध गरिएको छ । आफ्नो नीतिभन्दा बाहिर गएर हिंसा फैलाउन प्रोत्साहन गरेको भन्दै सामाजिक सञ्जालहरूले उनलाई प्रतिबन्ध लगाएका थिए ।

ट्रम्पले आफ्नो बोल्न पाउने अघिकालाई कुण्ठित गर्दै सामाजिक सञ्जालले प्रतिबन्ध लगाएको आरोप लगाएका छन् । मुद्दामा यस्ता खालका सेन्सरसिप सामाजिक सञ्जालले गर्न पाउन नहुने तर्क उनले गरेका छन् ।

यसैबीच चर्चित सामाजिक सञ्जालमा प्रतिबन्धपछि उनले हालै आफ्नाे सामाजिक सञ्जाल ‘गेट्टर’ सञ्चालनमा ल्याएका छन् ।

142 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal