‘ट्रेज्डी किंग’ दिलीप कुमारका १० हेर्नुपर्ने फिल्म

दिलीप कुमार एउटा अभिनेता मात्र नभएर हिन्दी सिनेमाको पाठशाला हो । दिलीपका सिनेमा हेरेर पनि बलिउडको बारेमा धेरै बुझ्न सकिन्छ । दिलीप आफैमा एउटा संस्था हो , जसलाई हेरेर, पढेर, पछ्याएर, सिने कलाकारको सिर्जना भएको हो । कति अभिनेता त दिलीपका फिल्म हेरेरै मात्रै पनि बलिवुडमा स्थापित भएका छन् ।  प्रत्येक अभिनेताको अभिनयमा दिलीप कुमार भेटिन्छ । उनको देहान्तले बलिवुडलाई अपूरणीय क्षति भएकै हो, एउटा युगको भौतिक रुपमा अन्त्य भएको हो । तर उनका सिनेमा सदा अमर रहनेमा कुनै शंका छैन ।

समकालीन अभिनेता अमिताभ बच्चनले श्रद्धान्जली दिँदै लेखेका छन् , ‘ हिन्दी सिनेमाको इतिहास दिलिपभन्दा पहिले, र दिलीपपछि लेखिनेछ ‘ । त्यस्तै अभिनेता अनिल कपुरले ‘ हाम्रो संसार आज अँध्यारो भएको बताएका छन् । संजय दत्तले आफूले अभिभावक गुमाएको टिप्पणी गरेका छन् ।

यी हुन् दिलीप कुमार ‘ ट्रेज्डी किंग’ को १० हेर्नै पर्ने फिल्म :

१. मधुमती (1958)

२. राम और श्याम (1967)

३. देवदास (1955)

४. नया दौर (1957)

५. मुगल-ए-आजम (1960)

६. अंदाज (1949)

७. दाग (1952)

८. गंगा जमुना (1961)

९. सौदागर (1991)

१०. आजद ( 1955)