यौन कथा : झरीकी रानी (भाग -३)

-विक्रम वली "नेपाली बाबु"

225

मैले यो कथा । एकै स्थानमा सकाउने हेतुले लेखेको थिएँ। धेरै पाठकले दोस्रो भाग पनि आउँछ भनी प्रश्न गर्नुभयो ।मैले अर्को नाममा आउँछ भनेको थिएँ तर त्यही नाममा निरन्तर कथा लेख्दै छु।

कथा काल्पनिक हो र कथाका पात्रहरू पनि काल्पनिक हुन् । यदि कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।

को सुत्ने ? भन्ने कुरामै अलमलमा थियौँ । अञ्जीलाले कपडा फेर्ने भन्दै थिइन् । अब के गर्ने त्यो समयमा आइलागेको त्यो समस्याको समाधान गर्न त लागेका थियौँ, तर समस्या हल हुने जुक्ती नै फेला परेन। म फेरि उनले सँगै आफ्नो आँखा अगाडि कपडा फेरेको पनि कसरी हेर्नू। म स्वयं आफैँ तनावग्रस्त थिएँ। अघिल्लो रात त त्यो अनजानमा भएको गल्ती थियो। तै पनि मदिराको नशामा डुबेको बेला काँ थाहा हुन्छ र के गरियो। के गरिँदै छ । बस आफ्नो त्यो बेहोसलाई उन्माद बनाएर मातिनु बाहेक अरू नै उपाय नै हुँदैनथ्यो।

” जाडोले शरीर कापिरहेको छ । अघि आगोको छेउ हुँदा अलि तातो भएको थियो । अहिले झन्झन् जाडो हुँदैछ के गर्ने?” अञ्जीलाले मतिर हेरेर आफ्नो ती हल्का लाली भरेका ओठ कपाउँदै, गजल लगाएका गाजलु आँखा मतिर हेर्दै भनिन् ।

मैले पनि गर्न के नै सक्थेँ र । म नि त्यही कुरा अघिदेखि सोचिरहेको छु। मेरो छेउ आउ तातो हुन्छ कसरी भन्नू त्यो भन्ने हिम्मत पनि छैन। फेरि भन्ने अधिकार पनि त मसँग छैन, कि आफ्नै अर्धाङ्गिनी हुनुपर्थ्यो कि प्रेमीका। प्रेमीकालाई पनि त्यो भन्ने अधिकार कहाँ हुन्छ र त्यो त मनसँग मन मिलेपछि मात्र हुने कुरा हो।

“कपडा फेर न त जाडो भएको भए। मैले के गरूँ त । ” मैले ठाडै उत्तर दिएँ। मसँग अरू कुनै विकल्प पनि नि त थिएन। कि त्यो लाजको पर्दालाई हटाउन हिजो जस्तै मदिराको आवश्यक पर्थ्यो। त्यो सम्भव पनि थिएन।

“कसरी फेर्ने ? लाज लाग्छ। तपाईँ यही हुनुहुन्छ अनि….।” उ बोल्दा बोल्दै उसका ती बोल्दै गरेका ती राता पिपल पात्र ओठहरू एकाएक टक्क रोकिए । जस्तो कि गाडीहरू बाटोमा कि जाम भएपछि रोकिन्छन् कि ट्राफिकको स्टप लाइटमा। सायद लाजको घुम्टोले उसको बोली रोकेको हुनुपर्छ ।

“मैले यसरी भनेर सिकाउनुपर्छ। हैन आजसम्म लुगा फेर्न पनि जानेकी छैनौ कि क्या हो,?” म अलि रिसाए झैँ गर्दै भने। मलाई खुब टेन्सन थियो। साँझ फर्किन्छु भनेर आएको हुँ। आज यतै बाँस भयो। भोलि अझै कहासम्म पुर्‍याउने हो ।उताको केको टेन्सन थ्यो यता अर्को…..। पछि मनमनै बोलिरहेँ।

“के गर्ने! भनेर सोधेको,किन रिसाउनु भयो । म यही हजुरकै अघि कपडा फेरिदिन्छु हजुर एकटकले मेरा एक एक अङ्ग नियाल्नु। अनि त खुसी हुनुहुन्छ नि है?” उसले म नजिक आउँदै सायद म अलि रिसाएको थाहा पाएर होला मेरै काख छेउमा आएर भनी।

मलाई झन् स्तब्ध बनाएकी थिई। एक मन त भन्थ्यो । बेहोसिमा के हो के । केही थाहा पाइएन। होस् जवानीको रस चुस्न पाए हुन्थ्यो। थकान पनि मेटिन्थ्यो। अर्को मन भन्थ्यो कहाँ कसकी छोरी हो। यसो गर्नु हुन्न। हिजो जेजे भयो त्यो बेहोसीमा भएको थियो। तैँले माफी त माग्नैपर्छ। त्यो केटीसँग नत्र तैँले यस्ता समस्या जिन्दगीभर भोग्नुपर्नेछ। अनि मात्र शान्ति मिल्नेछ तँलाई नत्र जिन्दगीभर यही कुराले तँलाई पिरोल्ने छ ।

अब झुक्किएर पनि यसो गर्नुहुन्न। मनसँग मन अन्तर्द्वन्द्व गर्थ्यो।

“म तिमीसँग किन रिसाउँथेँ र। तिमीसँग रिसाउने भए काठमाडौँबाट यहाँसम्म किन साथ दिन्थेँ र। तिमी यहाँ अङ्ग प्रदर्शन गर्न आएकी होइनौँ। मलाई तिम्रो अङ्ग हेर्न मन छैन। म यता कुना फर्किएर आँखा चिम्लिन्छु तिमीले कपडा फेर न भइहाल्छ नि। ” मैले सान्त्वना दिँदै भनेँ।

“यता झुक्किएर पनि आँखा डोलाएर हेर्न पाइने छैन नि है ।” उनले ममाथि अझै शङ्कालु नजर लगाउँदै भनिन् ।

त्यसपछि उनले कपडा फेरिन् । म त्यतिन्जेल कुना फर्केर आँखा चिम गरिरहेँ। कपडा चेन्ज गरिसकेपछि मलाई “भयो अब,यता फर्कनुस् “भनिन् । मैले अङ्ग हेर्छन् कि भनेर आफ्नै आँखामा आफ्नै हातले लगाएको पर्दा हटाएँ र पछि फर्किएँ। एक छिन त म अलमल्ल परेँ । हैन यति राती को आयो।सपना हो कि बिपना भनेर आफ्नै गाला चिमोठेँ। दुख्यो। अरे बिपना नै रहेछ।

उनी त्यो हापपाइन्ट र सेतो सर्टभन्दा यो उनकी साथीले दिएको कुर्था सुरुवालमा झन् निकै राम्री देखिएकी थिइन। त्यो झुपडीमा बालेको पालसको बत्तीले त्यो सुन्दरताको चमक अझ प्रष्ट देखिएको थिएन । मोबाइल निकालेर बत्ती बालेर हेरेँ निकै राम्री थिईन। एउटा फोटो पनि खिचेँ।

कपडा फेरे पनि उनका ती ओठहरू अझै काँप्दै थिए। हातहरू सलबलाउँदै थिए। साह्रै टिठ लाग्दी भएकी थिइन। मलाई माया लागेर आयो। अनि मेरो ज्याकेट खोलेँ र उनलाई लगाइदिएँ। “लौ तिमीलाई अझै जाडोले छोडेको छैन। यस्तै हो भने तिमीलाई निमोनिया हुन सक्छ।”

रात झन्झन् छिप्पिँदै थियो। हाम्रो सामु फेरि अर्को समस्या खडा भएर आएको थियो। बिस्तारा एउटै थियो । एउटा गुन्द्रीमा कम्बल बिछ्याइएको थियो। जहाँ म एक्लै सुत्दा पनि मलाई अपुग हुने ठाउँ थियो। त्यहीँ ठाउँमा दुइजना सुत्नुपर्ने थियो। कसरी सम्भावना होला।

हामी श्रीमान् श्रीमती भएको भए पनि त्यो सम्भव थियो । न हामी कुनै बन्धनमा थियौँ न कुनै नाता….। मेरी श्रीमती नै हुन्थिन् भने पनि अघि मैले आँखा छोप्नु नै पर्दैनथ्यो उनले कपडा फेर्दा।

उता निद्रा देवी झन् बोलाइरहेकी थिइन। यता समस्या जिउका तिउ थियो। म भूइँमा सुतौँ भने पनि भूइँमा म अट्न सक्ने ठाउँ नै थिएन। निद्राको नशा ममाथि चढीसकेको थियो। सायद उनले यी मेरा आँखाको परिभाषा बुझिन जस्तो लाग्यो।

” राज ! तपाईंलाई निद्रा लाग्यो जस्तो छ। सुतौँ अब । अब हामीसँग विकल्प नै केही छैन ठाउँ सानो छ कसरी सुत्ने यही गाह्रो भाक्ल हो” उनले मनको कुरा गरिन

मलाई निद्रा झन्झन् लागेको थियो। सायद दिनभरको थकानले होला। मेरो हातको हेलमेट देखाउँदै भनेँ।” हामी एउटै बिस्तारामा सुत्न पनि असम्भव छ। त्यसो गर्न हामी श्रीमान् श्रीमती पनि होइनौँ। ठाउँ सानो छ। यो हेलमेटलाई बिचमा जवानीको सीमा पर्खाल बनाएर राखौँ अनि सुतौँ । न तिमी यता आउन पाउँछ्यौ न म जान नै।” मैले सहमति आउने कुरा त गरेँ तर हुने के हो? त्यो त उपरवालेको भरमा थियो।

” हुन्छ। फेरि केटाको त भर हुँदैन रे यता आउँन पाइँदैन नि।” उनले सहमति जनाइन। ऊनी घारी छेउ र म यता भुईँ छेउमा बिचमा जवानीको रफ्तारलाई रोक्न हेलमेटको पहाड बनाएका थियौँ। ।

यदि मन जन्थ्यो अनि जवानीको प्यासलाई काबुमा राख्न सकिएन भने त त्यो हेलमेटको पहाडले केही गर्दैन थ्यो। त्यो त एउटा भावनाको तरङ्ग छेक्ने बार मात्र थियो।

उनी घारी सुत्दा आधी ठाउँ ओगटेकी थिइन।हेलमेटले अझ ठाउँ रोक्यो। म आधा शरीर भुइँमा आधा शरीर ओछ्यानमा पारेर सुतेँ । उनले बेलाबेला सोध्थिन्। ।”ठाउँ पुग्यो।”

“उम! पुग्यो.” उसलाई मैले असहज परिस्थितिमा ल्याउन चाहँदैन थेँ।अनि ढाँटेर भन्थेँ। पुग्यो।

पुगेको नपुगेको त मलाई थाहा थियो। आधा शरीर भुइँमा आधा शरीर ओछ्यानमा हुँदाको पीडा। म सानै देखि महलमा हुर्किएको हुनत यस्तो परिस्थिति कहिले झेल्नुपरेको थिएन।

उ कुना फर्केर मस्त निद्रामा परेकी थिई मलाई भने निद्रा नै परेको थिएन। अघि निद्राले आँखा लोताएको,मुख हरबखत आँ गरेको थियो। अहिले निद्रा भने फिटिक्कै लागेन। लाग्थ्यो पनि कसरी आधा शरीर त काँच्चै भुइँमा थियो।

मेरो शरीर झन्झन् काप्न थाल्यो। कुनै पल मेरो टाउकोको रक्षक बनेर साथ दिने हेलमेट पनि आज किन यति निष्ठुरी बनेर मेरि ज्यान लिन खोज्दै छ जस्तो लाग्थ्यो। सायद उनले सुनिन ।आफूले ओडेको एउटा डरि त्यो मलाई ओडाइदिइन। “जाडो भयो हजुरलाई लाउनुस्।आउनुस् अलि वर यो हेलमेटले छेकेको यो बार म स्वयं आफै तोड्छु। तपाईँले मलाई साथ दिएर यहाँसम्म आउनुभयो अनि कसरी म हजुरलाई यस्तो अवस्था हुँदा नै मस्त निदाउन सक्छु । निद्रा मलाई पनि लागेको थिएन।।” उनले त्यो हेलमेट हटाइन अनि मलाई पनि प्रशस्त ठाउँ पुगेको थियो।

“हटाउँछ्यौ र यो हेलमेट । फेरि मेरो यो मन तिम्रो जवानी माथि उर्लिएर पो जाने हो कि।” मैले यी आफ्ना ओठहरू कपाउँदै भनेँ।

“ह्या होस् बरु। तपाईंलाई मारेर म कसरी खुसी हुनु।।” मायाको आभास दिलाउँदै हेलमेट पुनः हटाइन ।

उनी मेरो ज्याकेट लगाएर पल्लो छेउमा सुतिन म ओल्लो छेउमा । उनले डरि ओडाइदिएपछी बल्लतल्ल निद्रा लाग्यो।

बिहान घाम डाँडा माथि आएपछि मात्र निद्रा खुल्यो। हामी कोठाबाट बाहिर निस्कियौँ।बा छेउमा केके गर्दै हुनुहुन्थ्यो ।

” बा! हामी जान्छौँ । धन्यवाद ,बाँस दिनुभयो । हजुरको यो गुन कहिले बिर्सनेछैनौँ।बस्नुहोला। राम्रोसँग बस्तुभाउ लगेर भन्ज्याङ जानुहोला।” हामीले बा!सँग बिदा माग्दै भन्यौँ।

“ए! सहरिया बाबु !नानी त उठ्नुभएछ।जाने र यति चाँडै । ” बा!ले हामीलाई हेर्दै भन्नुभयो।

“जान्छौँ बा! हामीलाई त्यता माथि पुग्नुछ। ढिला हुन्छ।”
पुन अनुरोध गर्‍यौँ

“एक छिन बाबू नानी ! तातो तातो एक बटुका दूध खाएर जानुहोला। अहिले कहाँ हो खाने थाहा छैन । दूधले पनि धेरै भोक टार्छ।” सायद बाले हाम्रै भलाईको लागि भन्नुभएको होला।

बाले हामीलाई कासको ठुला ठुला हाम्रो सहर थिइर । पानी तताउन प्रयोग गरिने ताप्के जस्तो बटुकामा दूध दिनुभयो। हामीले पियौँ। त्यसपछि त्यहाँबाट हिँड्यौँ। अञ्जीलाले आफ्नो त्यही हापपाइन्टमा लागेको हिलो पानीले हल्का पुछेर सुकाएकी थिइन । त्यही कपडा पहिरिएर आइन् । उनको साथीको कपडा उनकै साथीलाई फिर्ता गर्नुपर्ने थियो ।

उनले आफ्नो कपडा पहिरिएर आइन ।हामी बा!!सँग बिदा मागेर उनको साथी रजनिको घरतिर लाग्यौँ। कपडा दियौँ र हामी आफ्नै बाटो कोट्याउन लाग्यौँ।

बल्लतल्लको संघर्षपछि बाइक भएको ठाउँसम्म पुगेको थियौँ। बाइक स्टार्ट गरेँ र हामी उहीँ भन्ज्याङ तिरको बाटो लाग्यौँ। त्यसपछि ……..!

Facebook Comments Box