यी हुन् संसारकै अनौठा व्यक्ति जसले आफ्नो पिसाब खान्छन्

0

काठमाडौँ ; यो संसारमा अनेकथरीका मानिसहरु देख्न पाईन्छ । विश्वका विभिन्न देशमा घटेका घटनाहरुको विषयलाई लिएर सहजै पत्याउन सकिदैन । भर्खरै त्यस्तै भएको छ बेलायतमा एकजना यस्ता व्यक्ति छन् जसले दुनियाँमा सायदै अरू मानिसले नखाने चिज खाइरहेका छन् ।

३२ वर्षका ती पुरुषले आफ्नो मूत्र पिउने गर्दछन् । पिसाब पिउनाले लामो समयसम्म जवान भइने तर्क उनको छ । पछिल्लो ४ वर्षदेखि उनले हरेक बिहान आफ्नो अघिल्लो दिन संकलन गरेको बासी पिसाब पिउने गरेका छन् ।

इंगल्याण्डको ह्याम्पसायरमा बस्ने ह्यारी मतादिन नामका ती युवकका अनुसार दिनहुँ पिसाब पिउनाले उनलाई डिप्रेसनबाट छुटकारा मिलेको छ ।

आफूले हरेक दिन २ सय मिलिलिटर बासी पिसाब पिउने गरेको उनी बताउँछन् । त्यसरी पिउने पिसाब एक हप्तादेखि एक महिनासम्म पुरानो हुने गरेको छ ।

बासी पिसाबमा एन्टी एजिङ अर्थात् बुढोपना रोक्ने तत्व पाइन्छ । त्यसकारण उनले पछिल्लो ४ वर्षदेखि आफ्नो पिसाब पिउँदै आएका छन् ।

ह्यारी पहिले डिप्रेसनको रोगी थिए । आफ्नो खराब स्वास्थ्यकै कारण उनले पिसाब पिउने निर्णय गरेका थिए ।

उनले मार्था क्रिस्टीको किताब ‘योर अउन परफेक्ट मेडिसिन’ पढेका थिए । त्यसबाटै उनलाई युरिन थेरापीको बारेमा थाहा भयो । युरिन थेरापीको बारेमा राम्रोसँग बुझ्नका लागि त्यसपछि उनी विभिन्न फेसबुक ग्रुपहरूमा आबद्ध भए र थप कुरा बुझे पनि ।

विज्ञहरूसँग समेत कुरा गरेर उनले युरिन थेरापीको फाइदाका बारेमा जानकारी लिए । अनि आफ्नै पिसाब पिउने उपचार पद्धति सुरु गरे ।

सुरु सुरुमा पिसाबको गन्ध नराम्रो लाग्ने र पिउन कठीन हुने भए पनि अहिले बानी परिसकेको उनी बताउँछन् ।
एजेन्सीको सहयोगमा