विघौ विघा जमिन हातपार्ने आशाले २० बषिय युवाले गरे ६० बर्षकी विधवा महिलासँग विवाह

31

काठमाडौँ ; धन देखेपछि महादेवका तीन नेत्र भन्ने उखान पनि नेपाली समाजमा चल्दै आएको छ । धन र सम्पत्तिको लागि आफ्नै दाजुभाइले पनि काटमार गरेको घटना पनि नघटेका होइनन् । भर्खरै त्यस्तै १२ विघा जग्गा पाउने आशामा २० बषिय युवाले ६० बर्षकी बिधवा महिलासँग विवाह गरेका छन् ।

तर यस्तै एक विवाह भारतको मुरादाबादको रामपुरमा भएको छ ।  रामपुरको सैदनगरमा भएको यो विवाहका विषयमा त्यस क्षेत्रमा निकै चर्चा भइरहेको छ । युवक हरदोइका भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

समाचार अनुसार यी दुईको प्रेम मिसकलको माध्यमबाट सुरु भएको थियो । दुई वर्ष पहिले यी युवकले आफ्नो मोवाइलबाट कहीँ फोन गर्दै थिए यही क्रममा गल्तीवश फोन अन्तै गयो । ६० वर्षकी ती महिलाले फोन उठाइन् त्यपछि दुवैबीच फोनमा लगातार कुरा हुन थाल्यो । फोनमा कुरा बढ्दै जाँदा दुवै नजिकिँदै गए । महिलाले युवकलाई आफ्ना पतिको मृत्यु भइसकेको बताएकी थिइन् ।

महिलाले आफूसँग करिब १२ विघा जमिन भएको बताउँदै बिहेपछि युवक आफूसँगै बस्नुपर्ने बताइन् । युवक पनि यसको लागि तयार भए । गत शनिबार युवक महिलाको गाउँ पुगे र दुवैले बिहे गरे । महिलाकी छोरीले आमाको बिहेबारे थाहा पाएपछि माइती आएर विरोध गरिन् । विवाद पुलिससम्म पुनि पुग्यो जहाँ महिला र युवाले आफ्नो इच्छाअनुसार बिहे गरेको बताएपछि पुलिसले पनि कुनै कारवाही गरेन ।

Facebook Comments Box