जहाँ बादरले आतंक मच्चाएको भन्दै स्थानीयले नियन्त्रणमा लिई यातना दिएपछि

2

काठमाडौं : दैनिकजसो कुनै न कुनै ठाँउमा अनौठा र झट्ट हेर्दा पत्याउनै नसकीने घटनाहरु सार्वजनिक हुने गरेका छन् ।

त्यस्तै भएको छ भारतको एकदमै नाम चलेको शहर मुम्बईमा जहाँ बादरको आतंकबाट हैरानी खेपिरहेका स्थानीयहरुले समस्याबाट बच्नको लागि अनुभवी, सिपालु बादर समाउने व्यक्तिको सहायतामा बादरलाई नियन्त्रणमा लिन कदम चाले र सफल पनि भए ।

त्यसपछि उनीहरूले गरेको उक्त कदमको पशु अधिकारकर्मी द्वारा विरोध भयो । पशु अधिकारकर्मीहरुको भनाइ थियोे बादरलाई आफ्नो नियन्त्रणमा लिई डोरीले बाधेर जीतको उल्लासमय प्रदर्शन गर्ने क्रियाकलाप जनावर अधिकार विरुद्ध हो त्यसकारण यसलाई तुरुन्त रोक्नु पर्ने चेतावनी दिए ।

पशु अधिकारकर्मीको उक्त कदम पछि प्रशासनद्वारा बादरलाई सकुशल जङ्गलमा छोड्ने निर्णय गरियो र सो बादरलाई जङ्गलमा लिएर छोडियो ।