केटीहरुले कस्ता बानी व्यवहार भएका केटालाई मन पराउछन् ?

4

काठमाडौं : मानिस भएर जन्म लिईसकेपछि पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई महिलाले ध्यान दिन्छन् र मन पराउने गर्छन् ।

खुट्टाको सफाइ गर्ने
यदि पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् भने उनीहरूले आफ्नो खुट्टाको सरसफाइ गर्न जरुरी छ । किनकि महिलाहरूले पुरुषको खुट्टामा ध्यान दिने गर्दछन् ।

स्टामिना
कुनै पुरुषको स्टामिना राम्रो छ वा अलिक बलवान र कुनै पनि काम फुर्तीसँग गर्न सक्दछ भने त्यस्ता पुरुषलाई बढी ध्यान दिनका साथै मन पराउने पनि गर्दछन् महिलाहरू ।

दाँत
महिलाहरूले मन्द मुस्कान तथा चम्किलो र सेतो दाँतयुक्त पुरुषहरूलाई ध्यान दिन्छन् जसले गर्दा महिलाहरू आकर्षित हुने गर्दछन् ।

स्वस्थ कपाल
यदि केटाहरूको घना तथा स्वस्थ कपाल हुनका साथै कपाल काट्ने हेयर स्टाइल पनि राम्रो छ भने यस्तो पुरुष केटीहरूको रोजाइमा पर्ने गर्दछ ।

स्लिम बडी
महिलाहरूले अधिकांश जसो फिट भएका पुरुषलाई बढी ध्यान दिन्छन् । जसले गर्दा पुरुषहरूको शरीर लोभदायी देखिने गर्दछ ।