संसारकै मंहगो तरकारी प्रतीकेजी कति ?

२०७८ असार १९, शनिबार १३:०६

काठमाडौं ः विश्वकमा सबै भन्दा मंहगो तरकारी हो, होप सूट्स । यसको भाउ प्रतीकेजी १ हजार युरो अथवा लगभग १ लाख ३० हजार नेपाली रुपैयाँ पर्छ । यसलाई खाँदा अचार बनाएर खान सकिन्छ भने यसको फुल पनि स्वादिलो नै हुने गर्छ ।

यो तरकारीको सबैभन्दा धेरै माग बेलायतमा हुन्छ । यो तरकारीलाई वसन्त ऋतुको समयमा जङ्गलमा लगाइन्छ । तर, यसलाई बाह्रै महिना उमार्न पनि सकिन्छ । एकदमै चाँडो बढ्ने यो तरकारीको रङ्ग बैजनी हुन्छ, तरपछि बढ्दै गएपछि हरियो रङ्गको हुन्छ र तरकारी खानको लागि योग्य हुन्छ ।

तरकारीको खेती ब्रिटेन, जर्मन लगायत धेरै युरोपियन देशहरूमा गरिन्छ ।

276 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal