भेटियो ४६ हजार बर्ष पुरानो चरो

5

विश्वमा अनौठा प्रकृतिका घटनाहरु सार्वजनिक हुने गरेका छन् । त्यो सुन्दा वा झट्ट हर्दा कसैलाई पनि पत्यार लाग्दैन त्यस्तै भएको छ ।

२०१८ मा साईबेरियाको उत्तरपूर्वी बेलयागोरा भन्ने क्षेत्रमा जहाँ ४६ हजार बर्ष पुरानो आइस बर्ड बरफमा जमेर सुरक्षित रहेको अवस्थामा भेटिएको थियो ।
सो कुराको जानकारी स्टकहोम युनिभरसिटी र सुइडिस म्युजियम अप नचुरल हिस्टी्का अनुसन्धानकर्ताहरुले पत्ता लगाएका थिए ।

उनीहरुका अनुसार उक्त चारोको डि एन ए परीक्षणबाट पोथी हण्डलार्क भएको तथ्य सार्वजनिक गरेका थिए । उक्त चरालाई झट्ट हेर्दा भर्खरै मरेको जस्तो देखिन्थ्यो त्यो देखेर बैज्ञानीकहरु छक्क परेका थिए ।