देश बनाउने खेल

रुपा थापा

40

बा हरू बुद्धिचालका खेलाडी हुन्

बा हरूलाई थाहा छ
घेाडाकाे चाल
उट्टाकाे चाल
हात्तीकाे चाल
पिउसाकाे चाल
मन्त्रीकाे चाल अनि
राजाकाे चाल

बा हरूकाे साम्राज्यमा
यसैगरी चलिरहन्छ बुद्धिचालकाे खेल

बा हरूलाई थाहा छ
कसरी बन्द गर्नुपर्छ
बुढेा बाघलाई खाेरमा
त्यसैले बा हरू काेरिरहन्छन् चाैतारीमा
बाघ चालका रेखाहरू

बा हरूलाई थाहा छ
इतिहास पढ्नुपर्छ
भुगाेललाई बुझ्नुपर्छ
जीन्दगीकाे अङ्कगणितीय र
ज्यामितीय हिसावलाई मिलाउनुपर्छ

बा हरू निस्कन्छन्
बा हरूलाई थाहा छ निस्कनुपर्छ
जीन्दगीकाे मैदानमा
एक एक गाेलकाे महत्व छ
त्यसैल खेलहरू खेलिरहनुपर्छ

बा हरूलाई जित्नु छ
त्यसैले प्रयेाग गरिरहन्छन् प्रयेागशालामा
शाम, दाम, दण्ड, भेद

हाे, बाहरू त्यसै बा बन्दैनन्
बा हरू नियालिरहन्छन्  वर्तमानलाई
बा हरूलाई थाहा छ नियाल्नु पर्छ

हातमा भएका तासका पत्तीसँग
बा हरू लाई थाहा छ
खेल अनुकुल तासका पत्तिहरू
कति खेर प्रदर्शन गर्नुपर्छ भनेर

बा हरू तयारी गर्छन् र
त्यसैगरी तयार पारिन्छ
जसरी पनि जित्नु छ
जुवाकाे खालमा लागेका दाउलाई

बा हरूलाई अर्थतन्त्रकाे मूल्य थाहा छ
त्यसैले हातकाे सान बनेर
बा हरू हिसाब गरिरहन्छन्
एक एक सुक्काकाे
एक एक माेहरकाे

केही साेध्येा भने आमासँग
भन्छिन् बा लाई सबै कुरा छ

अनि म पनि सेाध्ने गर्छु
बा लाई हेर्दै
यतिका वर्ष सम्म
सबै कुरा था भएका बा हरू
सबै खेलहरू खेल्न सक्ने बा हरूले
किन खेल्न सकेनन्
देश बनाउने खेल?

रूपा थापा
नुवाकाेट

Facebook Comments Box