कोरोना निको हुने दर ९३ प्रतिशत

२०७८ असार १७, बिहीबार १८:१४

पछिल्लो २४ घण्टामा थप दुई हजार ७६० जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा सात हजार १३० जनाको पिसिआर तथा तीन हजार ८५५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ८५७ र ९०३ जनामा कोरोना पुष्टि भएको हो । सोही अबधिमा देशभर ३३ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नौहजार हजार १४५ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै सोही अबधिमा देशभर चार हजार १७ जना उपचारपछि निको भइ घर फर्किएका छन् । सङ्क्रमण निको हुने दर ९३ दशमलब ७ प्रतिशत रहेको छ । हालसम्म ६ लाख १४९ जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।

140 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal