फरक के त?

शकुन्तला गुरागाईं

91

पहिले भात खान्थे
चामल अनि मकै, कोदो र फापर
अहिले नि खाना खान्छन्
भुजा, चाउमिन, म:म र पिज्जा
पहिले लाउँथे फरिया
गुन्यु र चोली अनि पटुकी
अहिले नि लाउँछन् लुगा
फाटेका जिन्स र वान पिस् ।
दौरा सुरुवाल र टोपी
लगाउँथे पुरुष
अहिले सुहाउँदैन रे
त्यसैले
लगाउँछन् क्याप अनि
पाइन्ट र सुट
जनै लाउँथे कर्म चलेपछि
अहिले जनैले घाँटी बाँध्छ रे ।
सौभाग्य भनिने पोते
तिलहरीमा लगाउँथे
अहिले हुनेले रानी हार
नहुनेले जलप भएको सुन ।
थियो गुनको बदला गुन
भारी बोकेर लैजान्थे पहाडमा नुन्
थिए डोको, डालो, दाम्लो र नाम्लो
अहिले सजिएका संग्रहालयमा
थियो मेलमिलाप सबैको
चिन्दैनन् अहिले एकअर्कामा ।
अर्गानिक थिएँ खाना, मन अनि मान्छे
अहिले त सबै बिकासे
त्यसैले रोग आए अनेक
मान्छे भए स्वार्थी र फेक
स्वार्थीको भिंडमा इमान्दार देखिन्न
किनकि यहाँ
थोरैको होइन धेरैको गणना हुन्छ
किनकि यहाँ
राम्रो होइन नराम्रो भाइरल हुन्छ
फरक के त ?
छुट्याउनै मुस्किल पर्छ ।

(शिक्षक – महेन्द्र मा वि बराहक्षेत्र -७, सुनसरी)

Facebook Comments Box