बितण्डा मच्चाएको मेलम्ची खोला

२०७८ असार १७, बिहीबार १०:४०

निरन्तरको बर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र बितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयलाई त्रसित बनाएको छ । १६ गते दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिम बनाएको भन्दै सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तटिय क्षेत्रहरुमा अझै बाढी आउन सक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरेको छ । असार १ गते र ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनहरुसमेत अहिलेको बर्षाले कटान गरिरहेको मेलम्ची¬ वडा नं ११ का स्थानीय वासी दशरथ दनुवारले जानकारी दिनुभयो । खोलाको मात्रा बढिरहेको छ ।

अस्ति बचेको घर पनि लैजाने भो ज्यान जोगाउन मुस्किल छ दनुवारले भन्नुभयो ।

114 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal