संग्रौलाबिरुद्ध नेपाल प्रहरीले ३ मुद्दामा अनुसन्धान गर्दै

22

आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलाबिरुद्ध नेपाल प्रहरीले ३ वटामा मुद्दामा अनुसन्धान शुरु गरेको छ ।

संग्रौलामाथि अभद्र व्यवहारको कसूर, जातीय भेदभाव ऐन र सरकारी लिखत कीर्ते सम्बन्धी कसूरमा छानबिन भइरहेको छ । 

जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ अनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

अभद्र व्यवहारको कसूरमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्छ ।

 

Facebook Comments Box