एमाले दसौं महाधिवेशन आयोजक कमिटि बैठकको निर्णय

एमाले दशौँ आयोजक कमिटिको बैठक सकिएको छ । एकताका पहल हुँदै गर्दा अन्तिम अस्त्र रुपमा आजको यो बैठकलाई हेरिएको छ ।

बैठकका निर्णयको बारेमा नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी गराए ।

  • बैठकको आजको निर्णय अनुसार एमालेको विवादित दसौं महाधिवेशन आयोजक समिति भंग भएको र पुन: केन्द्रिय कमिटीमा रुपान्तरण भएको छ
  • सर्वोच्चको जेठ २७ गते यताका निर्णयहरू त्रुटिपूर्ण रहेको र ती निर्णयहरूले पार्टीको नीति – विधानमा हस्तक्षेप
  • नेपाल – खनाल समुहमाथिका सम्पूर्ण कारबाही फिर्ता
  •  यसअघि महाधिवशेन आयोजक कमिटीले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई गरेको कारबाही स्वतः निष्क्रिय
  • झलनाथ खनालको उपचार खर्चको जिम्मेवारी नेपाल सरकारले बेहोर्ने निर्णयको सराहना
  • सिन्धुपाल्चोक र मनाङ्जस्ता बाढी पहिरो प्रभावित जिल्लाहरूमा प्रभावकारी ढंगले काम गर्ने
  • केन्द्रीय समितिको बैठक पर्सि शुक्रबार बोलाइयो