ट्विटरले भारतको नक्साबाट हटाइदियो जम्मू-कश्मीर र लद्दाख

18

एकपल्ट फेरी भारतमा ट्विटर विवादमा परेको छ । ट्विटर र भारत सरकारको बिच पहिलेबाट नै खटपट थियो र यो पल्ट त झन् ट्विटरले आफ्नो वेबसाइटमा भारतको नक्साबाट जम्मू-कश्मीर र लद्दाखलाई हटाएर एउटा छुट्टै देशको रूपमा देखाएको छ ।

भारत सरकारको अनुसार यसको विषयमा थप छानबिन हुँदै छ । वेबसाइटमा नक्सा बदलिनुको पछाडिको अर्थ पत्ता लगाएर भारत सरकारले दोषीलाई ठुलो कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
ट्विटरको करियर पृष्ठमा विश्व नक्सा छ। यसमा कम्पनीले संसारमा कहाँ कहाँ ट्विटरको टिम छ भनेर देखाउँछ । त्यो नक्सामा भारत पनि छ तर जम्मू-कश्मीर र लद्दाख भारतको नक्सामा देखिँदैन । पहिले पनि लद्दाखका अंशहरू भारतको अंश भनेर देखाइएको थिएन तर पछि सच्याइएको थियो ।

Facebook Comments Box