विक्की कौशलले सलमानको अगाडि राखे कटरीना कैफलाई बिहेको प्रस्ताव

37

विक्की कौशल र कटरीना कैफको प्रेमको चर्चा आजकल एकदम नै चल्न थालेको छ । जबकि यिनीहरू आफैँले यस सम्बन्धलाई खुलेआम स्वीकार गरेको भने छैनन् । जब हर्षवर्धन कपूरले यिनको प्रेमको खुलासा दुनियाँ अगाडि गरेका थिए तबबाट विक्की कौशल र कटरीना कैफको हरेक दिन नयाँ तस्बिरहरू भाइरल हुन थालेको छ । हालसालै यिनीहरूको एउटा अर्को भिडियो सोसल मिडियामा तीव्र रूपमा भाइरल हुँदै छ । भिडियोमा विक्की कौशल र कटरीना मात्र नभएर सलमान खान पनि छन् । भिडियोमा विक्की कटरीनालाई “’मुझसे शादी करोगी” भन्दै गरेको देखिन्छ ।

यो भिडियोमा कटरीना कैफ, सलमान खान र विक्की कौशल छन् । सलमानको अगाडि कसैले कटरीनालाई प्रपोज गर्नु कुनै सानो कुरा भने पक्कै हैन त्यसको लागि ठुलै हिम्मत चाहिन्छ । वास्तवमा विक्की कटरीना र सलमानको त्यो भिडियो एउटा अवार्ड शोको हो, जसमा सलमान खान उपस्थित थिए । त्यसै सिलसिलामा विक्कीले स्टेजमा कटरीनालाई बोलाएका थिए त्यसै बेला विक्कीले स्टेजमा कटरीनालाई जिस्क्याउने र रमाइलो गर्ने गरेका थिए । जबसम्म कुरा रमाइलोमा थियो तबसम्म त सलमान ठिक थिए । जब विक्कीले कटरीनालाई बिहेको प्रस्ताव राखे सलमानको प्रतिक्रिया हेर्न लायक थियो ।

Facebook Comments Box