यौन कथा : झरीकी रानी (भाग -२)

२०७८ असार १३, आईतवार २०:३१

होटेलको नास्ता ,बाटोको खाना गर्दागर्दै हामी काभ्रे पुग्दासम्म सुर्यले आफ्नो अनुहार पश्चिमतिर लुकाउँदै रातलाई उज्यालो दिन चाँदनी र चाँदनीको साथमा लाखौँ ताराहरूलाई बोलाइ सकेको थियो। सुर्यले पश्चिमतिर एकप्रकारको सुनौलो रङ्ग छरेको थियो।काभ्रे पुग्दा साँझको करिब ६ बझ्न लागेको थियो।

रातभरको पानी पराइले गर्दा बाटोमा हिलो थियो।खाल्डाखुल्डी उस्तै निकै गाह्रो गरि पुग्यौँ तर जहाँ जानुपर्ने हो त्यहाँ पुग्न सकेनौँ कारण,थियो अघिल्लो रातको त्यो लगातार पानी पराईले बाटो हिलाम्मे थियो कहीँ त ससानो पहिरो गएकाले बाटो अबरोध पनि थियो। निकै सकस परेको हो हामीलाई। काभ्रेको एउटा गाउँमा पुग्यौँ । त्यहाँ उनकी एउटी पुरानो चिनजान गरेकी साथी रहिछन् ।त्यतै बाँस बस्न भनी हामीले उतै बाटो ततायौँ । केही समयपछि हिलाम्मे बाटो लड्दैपर्दै उकालोबाटो एकआपसको हात समाएर, काँधमा समाएर बल्लतल्ल उनको त्यो पुरानो साथिको घरमा पुग्यौँ।

त्यहाँ पुग्दा छुट्टै रौनक थियो। धेरै मान्छे बोलेको आवाज सुनिन्थ्यो। अञ्जीलाले आफ्नो साथी बोलाइन।”रजनी !रजनी ! ए रजनी”

“हजुर! को हो?” भित्रबाट अपरिचितताको साथ सुरिलो आवाज आयो।कोहि टर्च लाइट बाल्दै बाहिर आयो। अरू कोहि नभए अञ्जीलाको साथी रजनी नै थिई।

“रजनी !मलाई चिनिनस्? म अञ्जिला के?” भित्र बाट बाहिर निस्किना साथ भनि अञ्जिलाले।

“ओ! साथी कहिले आकि तँ। आउँदा मलाई एक कल फोन गर्नुपर्दैन? ” खुसी हुँदै कुरा गर्न थाले।
“अनि उहाँ को हो नि?” रजनीले मतिर आँखा पल्टाउँदै भनी ।

“उहाँ !साथी मेरो।” सहजै भनि
“पहिले त मलाई कहिल्यै चिबाएनिस त।यत्रो समय लुकाइस् मसँग ?” यस्तै कुरा गरे। म छेउ उभिएर हाँसिरहेँ भित्रभित्रै ।हेलमेट खोलेकै थिएन।

“कहिले बनाएकी नि? जिउ हेर्दा त खाइ लाग्दो हुनुहुन्छ ,अनुहार त पुरै आतङ्ककारी जस्तो हेल्मेटले ढाकेको छ के हेर्नु र है।”मलाई खिल्ली उडाउँदै रजनीले भनी

“ज्यान मात्र कहाँ होर,अनुहार नै लोप लग्दो छ।” अञ्जीलाले भनी ।

“अनि यति राती कहाँबाट आको नि तिमीहरू ?हेर कपडा पनि सबै हिलै हिलो छ।” रजनीले प्रश्न गरि

“आउन त काठमाडौंबाट हिजै आको । बाटोमा स्कुटी बिग्रियो। रातको नौ बज्यो। बन्दै बनेन। पानी निकै परेको थियो । आकाशमा चट्याङ उस्तै परेको। स्कुटी दोहोर्‍याइँदै आउँदै थिएँ। निकै जाडो भयो। सबै तिर बत्ती बुतिसकेको थियो। तर उहाँको घरमा बत्ती बलेको देखेर म उहाँको घरमा ढोकाको बेल बजाउन गएँ। उहाँले ढोका खोल्नुभयो।उहाँको मम्मीले “कोहो” भन्दै बाहिर आउनुभयो । सोध्नुभयो”को हौ नानी?यति राती कहाँबाट ?” मैले आफ्नो दिन देखि त्यो बेलासम्मको सबै कुरा बेलिबिस्तार लगाएँ नि उहाँकै घरमा बसेंं। मेरो स्कुटी बिग्रेकोले उहाँलाई लिप्त दिन लगाको हुँ।” अञ्जीलाले कुदा बनाउँदै भनी। ताकि मेरो घरमा कोहि हुनुहुन्न थ्यो।जबकी मम्मी पोखरा बाबा अस्ट्रेलिया जानुभएको छ । उसले पक्कै आफू चोखो हुन भनेको हुनुपर्छ ।फेरि बिचरीले कसरी भनोस् न,उहाँको घरमा कोहि हुनुहुन्न थ्यो।उहाँकै मम्मीको कपडा लगाएँ। बियर खाए,उहाँसँगै खाना खाएँ। बिहोसिमा केके भयो भयो। उसले आफ्नो अस्मिता माथि खेलबाड गरेर आफैँ कहाँ भन्न सक्थी र?

“अँ! साँच्ची !हामी त यहाँ बाँस पाइन्छ कि भनेर आको तेरो घरमा । साथी हो आज बाँस त दिन्छेस् होला नि।”अञ्जीलाले भनी

“अञ्जीला आज घरमा पाहुना हुनुहुन्छ । दिदीको बिहेको लागि कुरा छिनिन लागेकोले आफ्ना जति सबै आउनुभएको छ। तँ एक्लै भएको भए त सँगै सुत्न हुन्थ्यो। उहाँलाई कहाँ राख्ने । ठाउँ नै छैन ।के गर्ने अञ्जीला अब?” एकै पटक नाइँ हुन्न भन्न नसके जस्तो गरि रजनीले भनी ।

“हुन्छ त !तेरो घरमा पनि त्यस्तो समस्या छ भने के गर्ने हामी कतै गाउँतिर बाँस मागेर बस्छौँ। बरु एउटा सहयोग गर न?” अञ्जीलाले पनि करकाप नगरी भनी

“उम भन न के सहयोग गरूँ ?” सहजै स्वीकार गरि र भनी

“मेरो कपडामा बाइकको पछाडिबाट हिला छ्यापेर हिलो मात्र लागेको छ । तेरो एक जोडा कपडा दे न है। म भोलि यतै ल्याएर दिन्छु.।” उसले आफ्नो शरीर न्यानोको लागि कपडा मागी ।

“हुन्छ एक छिन बस्दै गर है म ल्याइदिन्छु.” उनकी साथीले पनि सहजै स्वीकार गरिन र कपडा ल्याइदिइन। हामी त्यो कपडा लिएर गाउँ तिर हिँड्यौँ।

उनको साथीको घरबाट अलि पर पुगेपछि अर्को गाउँ रहेछ। त्यस गाउँमा एउटा घरमा बत्ती बलिरहेको देख्यौँ र हामी उतै बाँस पाइने आशमा गयौँ। रात पनि सेकेन्ड मिनेट , नुँदै छिप्पिँदै थियो। हामी त्यो घरमा पुग्यौँ र अञ्जीलाले बोलाउन थालिन् ।
“को हुनुहुन्छ घरमा ?”अञ्जीलाले मलिन स्वरमा बोलाइन।

” को हुनुहुन्छ । नानी तपाईंहरू?।” भित्रबाट हातमा पालस बत्ती उचालेर एक वृद्ध बा आउनुभयो ।

“हामी !काठमाडौँबाट आको । माथि भन्ज्याङसम्म पुग्नु थियो। बाटोमा पहिरो गएको । हिलो भएकाले जानै सकिएन। त्यसैले यता बाँस पाइन्छ कि भनेर बाँस माग्दै हिँडेको हौँ बा!।बाँस पाइन्छ यहाँ?” अञ्जीला फेरि बोलिन।आग्रह गर्दै बाँस मागिन।

“रातीमा आएको पाहुना भगवान् सरह हुन्छ भन्छन् बाबु नानी । मेरो सानो झुपडी छ।एउटा कोठामा पकाउने, खाने र म सुत्ने गरेको छु। एउटा कोठा खाली छ । आउनुहोस् ।तपाईँ,दुई जना त अटाइहाल्नुहुन्छ नि।” बाले सजिलै कोठा दिनुभयो । भित्र गयौँ।आफू सुत्ने कोठामा लग्नुभयो ।

“नानीबाबु त नेपाल देखि आउनुभएको रहेछ। त्यति टाढाबाट आको मान्छे केही खानुभएको छैन होला। भोक लाग्यो होला ,मसँग नि के हुन्छ र। कोदोको ढिँडो पकाएको छु त्यहि खानुहुन्छ म हाल्दिन्छु।” बाले मनकै कुरा बुझेर बोल्नुभएको थियो तर अञ्जीला बिचैमा बोल्लिन् “हैन बा!हामीले बाटोमा खाएर आएका हौँ। भोक छैन।”

उनले त्यो भन्दा खुब रिस उठेको थ्यो। काको भोक नलाग्नु भोकले पेट अमठी सकेको थियो। पेटमा मुसा दगुर्न थालेका थिए। बिहान दस बजे खाएर हिँडेको अहिलेसम्म मुखमा एक थोपा पानी सम्म परेको छैन । पानी परेको भए पनि नाकबाट चुहिएको पसिना परेको होला।अझ बाटोमा खाएर आएको रे। त्यति चमार्नी रहिछे।साथीको घरमा जाम भनेर लागि आखिर साथीले बाँस दिनु त परैको कुरा हो। बाहिरसम्म एक छिन बस भनिन।ठाडो उभिएको उभिई आइयो। अझ भोक छैन रे। अहिले खान पाए त दुई थाल घिच्थिस्।मनमनै खुब सरापेँ । के गर्नु जति नै सरापे पनि । मनले मनलाई गाली गरेर मनलाई शान्ति लगाको मात्र हो।

“नानी बाबु ,खाएर त आको भन्नुभयो। खाएको जस्तो अनुहार देख्दिन म।पेटभरि खान पाएको नुहाएरको चमक नै छुट्टै हुन्छ। तपाईँहरूमा त्यो देखिनँ मैले । फेरि साँझको पाहुनालाई म नखुवाएर त कहाँ सुताउँछु र मैले मेरो झुपडीमा आएप!” ती बुढा बाले सायद मेरै मन बुझेर भनेका हुनुपर्छ । निकै भोक लागेको थियो। अनि पछि मात्र “हुन्छ” भनिन् । ती बुढा बाले पालसबाट मट्टितेल निकालेर आगो बाल्न चुलो खोस्रन लाग्नुभयो।

“अनि बाबु नानी नेपालबाट कहीँ हिँड्नुभएको हो नि? निकै गाह्रो भयो होला,यहाँसम्म आउँदा त?” बुढा बाले चुलोमा आगो बाल्दै भन्नुभयो।

“बा!हामी आज बिहान हिँडेका हौँ,बाटोमा ठाउँ ठाउँमा पहिरो गाको रहेछ । आउँदा निकै गाह्रो भयो।” मैले उत्तर दिएँ,किन कि उसले भनेको भए त फेरि ढाँट्थी ।

“अनि बाबु नानी आजै आइ पुग्नुभयो त नेपालबाट ? यहाँसम्म त टाढा छ नि?” बा!को प्रश्नले हामीलाई अचम्म बनायो। बा!लाई कि टाढा लागेको होला। यही नजिकै त छ?मनभित्र निकै खुलदुली लाग्यो। फेरि काठमाडौँलाई पनि बा! नेपाल भन्नुहुन्छ ।किन होला?

“बा! तपाईँले त नेपाल भन्नू भयो। हामी काठमाडौँबाट आएका हौँ।” मैले भनिहालेँ

“बाबु ! त्यो काठमाडौँ नै पहिलेको नेपाल हो । बाइसे चैविसे राज्यमा विभाजन भएको नेपाल पछि पृथ्वीनारायण शाहले एकीकरण गरेपछि मात्र नेपाल एउटा सिङ्गो देश बनेको हो। नत्र पहिले नेपाल भनेर त त्यहीँ काठमाडौँलाई मात्र भनिन्थ्यो। त्यसैले अहिले पनि हामीले काठमाडौँलाई नेपाल नै भन्छौँ। हामी मातिबाट त चार दिन लगाएर नेपाल पुग्थ्यौँ। अहिले त गाडी मोटर छ । त्यही भएर छिटो आउनुभयो होला। नत्र हामी यहीँबाट पनि रासन ल्याउन घोडा लगेर जान्थ्यौँ ।दुई दिन लाग्थ्यो।” बाले मनको जिज्ञासा मेटाउने गरि उत्तर दिनुभयो ।

“बा! माथिबाट चार दिनमा पुग्थ्यौँ भन्नुभयो । कहाँ माथि बा? यो होइन र तपाईँको घर?” मनमा उब्जेको अर्को प्रश्न सोधेँ ।

“होइन बाबु,म गोठ आएको हुँ घर माथ्लो भञ्ज्याङ् छ। जान दुई दिन लाग्छ। आजभोलि त भञ्ज्याङ् पुगिन्थ्यो। म गएको छैन।यो त गोठ हो। बस्तुभाउ चरिचरण गर्न आएको हुँ ” बा!ले सरल उत्तर दिनुभयो। हामीले धेरै कुरा सोधेनौ किन कि बा!का निकै दुःखद कहानी हुँदा हुन् जसले हामीलाई निकै रुवाउँथ्यो तर यति हुँदा पनि म सहरमा नै हुर्केको भएर होला एउटा प्रश्न मनमा खडा भएर आयो।

“बा!गोठ मतलब के हो मैले बुझिन” मैले मनको जिज्ञासा फेरि बिसाएँ।

“बाबु ! बाह्र महिनामा छ महिना हामी गाई वस्तु चराउन छ महिनालाई पुग्ने अन्न सबै बोकेर बेसि झर्ने गर्छौँ । छ महिनापछि फेरि भन्ज्याङ फर्किन्छौँ। अहिले सात जना आएका हौँ सात गोठ थिए। पाँच गोठ भन्ज्याङ गइसके। दुई गोठ छ। अब केही दिनपछि फर्किन्छौँ।” बा!ले फेरि आफ्ना कुरा बेलिबिस्तारमै कुरा बुझाइनुभयो।

यतिबेला सम्म ढिँडो पनि पाकिसकेको थियो। वाले काँसको थालमा कालो कोदोको ढिँडो हालिदिनुभयो। गाईको दुध पनि दिनुभयो । निमै मिठो मानेर खाइयो। मैले कहिले खाएको थिएन। आज पहिलोपटक खाएको हुँ। निकै आनन्द आयो। दुखसुखका कुरा गर्‍यौँ । बाले हामीलाई कोठा देखाइदिनुभयो। यही सुत बाबु गोठ हो । घर जस्तो कहाँ हुन्छ र? अब हामी माझ फेरु एउटा समस्या आएको थियो। एउटै कोठामा कसरी रात कटाउनु । हिजो त बेहोसिको तलमा सँगै सुतिएछ। अहिले सम्झदा लाज लाउँछ्। उसले कप,फेर्छु भनी। बाहिर जान पनि नसकिने ? किन कि बाहिर जाने बाटो बा!को कोठा भएर जानुपर्ने । अब के गर्ने समस्याको समाधान खोज्नुपर्ने थियो। ठाउँ पनि सानो थियो। एउटा गुन्द्रीमा कम्म्ल बिछ्याइएको थियो। त्यसैमा रात काट्नुपर्ने ….। को सुत्ने?भन्ने कुरामै अलमल ..

क्रमश …

408 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal