आज बिहान मेलम्चीमा खोलाले बगायो एक घर

38

लगातारको बर्षाले सिन्धुपाल्चोककाे मेलम्ची वडा नं ११ मा एक घर बगाएको छ । स्थानीयबासी गोपाल दुलालको तीन तल्ले घर बिहान बाढीले ढालेको हो ।

अहिले खोलाको बहाव बढेको छ । मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहनेलाई सुरक्षित रहन अनुरोध गरिएको छ ।

असार १ गते परेकाे पानी पछि आएकाे भीषण बाढीका कारण मेलम्ची र इन्द्रावती नदीसहित त्यहाँकाे तटीय क्षेत्रमा ठूलाे मानवीय र भाैतिक क्षति भएकाे छ ।

Facebook Comments Box