इश्वरपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या

17

सर्लाहीको इश्वरपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ । श्रेष्ठलाई एक्स्भेटरको बकेटले हिर्काएर एक्स्काभेटर अपरेटरले हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

हत्या गरेको अभियोगमा प्रहरीले एक्सकाभेटरका अपरेटर हर्षबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ।प्रहरीको अनुसन्धानमा उनीहरूले सँगै बसेर रक्सी खाएको त्यसपछि सामान्य विवाद हुँदा हत्या भएको देखिएको छ। उनीहरु पोखरी खनिरहेको ठाउँ हेर्न भन्दै घटनास्थल पुगेका थिए।

‘शुक्रवार राति करिब १० बजेतिर सामान्य विवाद हुँदा अपरेटले हत्या गरेको देखियो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी सन्तोष सिंह राठौंरले भने।’ हिलोमा वडाध्यक्षको चप्पल गाडिएको थियो। त्यसपछि वडाध्यक्षले निकालेर तामाङलाई बोक्न भनेका थिए। त्यही विषयमा विवाद हुँदा हत्या गरेको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

Facebook Comments Box