कविता – विभेदी मानसिकता

मोहन सिंह साउद

114

सहरियाले गाउँलेलाई विभेद गर्छ
पढेकोले अनपढलाई विभेद गर्छ
निजामतीले अन्यलाई विभेद गर्छ
हाकिमले सहयोगीलाई विभेद गर्छ
पुरुषले नारीलाई विभेद गर्छ
उपाध्ययले जैसीलाई विभेद गर्छ
वाहुनले क्षेत्रीलाई विभेद गर्छ
क्षेत्रीले वैश्यलाई विभेद गर्छ
गैरदलितले दलितलाई विभेद गर्छ
एउटा दलितले अर्को दलितलाई विभेद गर्छ
रोजगारवालाले वेरोजगारलाई विभेद गर्छ
धनीले गरिबलाई विभेद गर्छ
ठूलो पाटीले सानो पाटीलाई विभेद गर्छ
उच्च भनाउदाले निचलाई विभेद गर्छ ।

विभेद मानसिकता हो
सहरियाहरूको मानसिकता
शिक्षितहरूको मानसिकता
सभ्यहरूको मानसिकता
धनीहरूको मानसिकता
सामन्तीहरूको मानसिकता
उच्च भनाउदाहरूको मानसिकता
व्यबहारमा झल्किने मानसिकता
भनाइ एउटा गराइ अर्कै हुने मानसिकता ।

उपदेश दिदा विभेद नगर भन्छ
भाषण गर्दा विभेद नगर भन्छ
अभियानमा विभेद नगर भन्छ
वकालतमा विभेद नगर भन्छ
संविधानले विभेद नगर भन्छ
कानूनले विभेद नगर भन्छ
नियमले विभेद नगर भन्छ
कागजमा विभेदको अन्त्य गरिएको छ
मगजमा विभेदको अन्त्य कहिले हुने ?

(सहप्राध्यापक, कैलाली वहुमुखी क्याम्पस, धनगढी)

Facebook Comments Box