गीत: समानताको लागि लड्छु भन्ने कहाँ गए

सन्दिप विश्वकर्मा

44

समानताको लागि लड्छु भन्ने कहाँ गए
हाम्रै त्याग मा महान् नेता बन्ने कहाँ गए

चाहिँदैन भो कोटा
हामीलाई नि मान्छेको दर्जा देऊ
छुवाछुतको नाममा अब नदेऊ मनमा चोट

मन्दिरमा बन्देज लाउँछौ पूजाआजा गर्न
प्यास मेटाउने पानी समेत दिँदैनौ नि भर्न

म भएर बाँची हेर तिम्ले एकै दिन
भन्छौ होला यस्तो जुनी लिएछु खै किन

छुवाछूतको राँको बल्यो देशै खान लायो
निदाएर बस्ने सबै जाग्ने बेला आयो

यो खबर शासक छेउमा पुर्‍याइदेऊ है चरी
विद्रोह को आँधी अब चल्छ देशै भरी

Facebook Comments Box