संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

26

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहँदा संसदीय सुनुवाईविना नै राष्ट्रपतिले विभिन्न  संवैधानिक आयोगमा सीधै नियुक्ति गरेको छ ।

संवैधानिक परिषदको गत वैशाख २६ गते बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो ।

संवैधानिक परिषदको सिफारिसपछि संसदीय सुनुवाई र अनुमोदन भएपछि मात्र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 

Facebook Comments Box