कविता : मनकामना !

प्रमाेद कुमार ढकाल ( प्रिन्स )

नरसाओस् कहिल्यै
कुनै पनि आमाकाे आँखा
आफ्नो अंश मिचिएर ….

पुजिइरहुन् सहिदहरू
समाजको आदर्श बनेर…

नदुखाेस् कहिल्यै
मेचीमहाकाली
राेगले,महामारीले, भाेकले र
असमानताको साेचले ….

फुलिरहुन् वंशवृक्षका
आशान्वित फूलहरू
सबैको आँगनमा
वसन्तकाे फूलझै ….

हेरिरहुन्
स्वयम्भूका आँखाले
एकसमान सबैलाई …

निस्किउन् सबैजना
बुद्धकाे मस्तिष्क लिएर …

राेकियाेस्
विभेदहीनताकाे खेल …

नहुन् काेही पनि
बेसहाराहरू…..

जाेडिरहाेस्
पूर्वपश्चिम राजमार्गले
मधेस,पहाड र हिमाललाई
भ्रातृत्वका साथ ….

चलिरहुन्
जिन्दगीका गाडीहरू
मानवता बाेकेर
सन्तुलित ढङ्गले …

अनगिन्ती सम्भावनाको
आफ्नै मातृभूमि छाेडेर
जानु नपराेस्
विदेश कसैलाई
पसिना र रगत चुहाउँदै
भासिनलाई उतै…..

आफ्नै हिमचुलीबाट
नियालेर संसारकाे उज्यालो
र आधुनिकतालाई
त्यसैगरी अपनाएर
हटाउन सकुन् सबैले
आफ्नो घरकाे अँध्यारो ,
खेर गइरहेका
ती अनगिन्ती
हिमनदीहरू
प्रयाेग गर्दै
आर्थिक उत्पादनका बीजहरू
कलकारखाना ,व्यापार ,
शिक्षा र
स्वास्थ्यलाई राेपेर …..

फर्फराउँदै
गणतान्त्रिक स्वतन्त्रताको श्वासले
नीलाे किनाराको
चन्द्रसूर्य अङ्कित झन्डा
सगरमाथामा ….
गाउँदै राष्ट्रिय गान
“सया‌ैं थुँगा फूलका हामी
एउटै माला नेपाली ”
बाँचिरहाेस् मेराे देश
अनन्त अनन्तसम्म …. !

यही छ मेराे मनकामना
आइसाेलेसन वार्डबाट ….।