विभेद र अन्यायविरुद्ध आवाज उठाउन ‘ वृहत नागरिक आन्दोलन’ को आव्हान ( विज्ञप्तिसहित् )

‘ वृहत नागरिक आन्दोलन’ ले प्रेस -विज्ञप्ति जारी गर्दै जातीय भेदभाव तथा छुवाछुत कसुर मुद्दाका आरोपीलाई हाजिरी जमानतमा छोडाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रत्यक्ष संलग्नता भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस -विज्ञप्तिमा भनिएको छ, ‘ बहालवाला मन्त्रीले नै आरोपीलाई छुटाउन जानु जातजन्य विभेद निरन्तरता दिनु त हो नै, दण्डहीनतालाई थप बलियो बनाउँ राज्यशक्तिकै चरम दुरुपयोग हो ।’

जातका आधारमा भएका सबै घटनाको निष्पक्ष छानबिन र पिडितलाई न्यायसहित क्षतिपूर्ति सुनिश्चित गर्न सरकार र राज्यका सम्बन्धित निकायसँग माग गरेको छ ।No photo description available.