जातीय अपमान समाजको एउटा वर्गले हजारौँ वर्षदेखि खेपिरहेको छ

-आवाज शर्मा

33

एकपटक हामी तीनजना साथीहरू एउटा होटलमा खाना खाँदै थियौँ। त्यहाँ चौथो एकजना थपिए । उनी एकजना सामाजिक राजनीतिक चिनिएका वरिष्ट मान्छे रहेछन्। परिचय गरियो।
‘किन आफ्नै थर नलेखी शर्मा लेख्नुभयो’ भनेर मलाई सोधे। मैले ‘म कामी हुँ, कसैको निजी थर लिएर विवाद गर्न भन्दा शर्मा लेखे साझा भइयो नि’ भनेर के भनेथें, एकछिन अनुहार नियाले, कालो कालो देखे शायद। सँगै टेबलमा खाइरहेको खाना छाडेर लुरुक्क हिँडे। हामी धित मरिन्जेल हाँस्यौँ।
म कामी नै हुन्थें भने यसले मेरो मनमा पार्ने अपमानको भरपाई तिनका सरकारले दिएको कोटाले हैन, तिनको कद ६ इन्च घटे पनि हुँदैनथ्यो।
यस्ता अपमान समाजको एउटा वर्गले हजारौँ वर्षदेखि खेपिरहेको छ। र पो सामाजिक सहिष्णुता छ भनेर खोक्न पाइएको छ। त्यसलाई मूलधारमा ल्याऊ, नजिस्क्याऊ। हजारौँ वर्ष रोकिएर बसेको यो पोटेन्सियल इनर्जी विष्फोट भयो भने सहिष्णुता नामको ढोंग र ढोंगी दुवै इतिहासको गर्तमा विलीन हुनेछन्।

Facebook Comments Box