कविता – भरोसा ईश्वरको

२०७८ असार ८, मंगलवार १३:५२

बतास बिनानै ढलेको मान्छे म
आगो बिनानै जलेको मान्छे म ।

अरुलाई प्रकाश छर्नकै खातिर
मैनबत्ती अनि दियो बनी बलेको मान्छे म ।

मरिमरि मेहेनत गरे नि रित्तैछ हात
मेरै भाग्यले सधै छलेको मान्छे म ।

खोसियो बाटैमा पैतृक सम्पत्ति
आफ्नैहरूले छलेको मान्छे म ।

थियो भरोसा ईश्वरको केवल
प्रकृतिले नि छलेको मान्छे म ।

बज्रपात भै कार्यथलो नै तहसनहस हुँदा
बेहोस बनी ढलेको मान्छे म ।

(शिक्षक – शैलेश्वरी मा वि, गोदावरी-६, कैलाली)

243 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal