एकताको खिचडी पकाउन लागेका कमरेडहरू थाके कि के हो ? : गोकुल बास्कोटा

२०७८ असार ७, सोमबार १३:१९

नेकपा ( एमाले )का नेता गोकुल बास्कोटाले नेपाल – खनाल समुहबाट एकताको कुनै पहल नभएकोप्रति व्यंग्य गरेका छन् ।

‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरू ने थाके कि के हो ? भन्दै उनले सामाजिक संजालमार्फत व्यंग्य गरेका छन् । उनले एकताको लागि समेत विपक्षी समुहले विभिन्न अनावश्यक माग अगाडि सरेर नाटक गरेको बताएका छन् । उनले थप्दै लेखेका छन्, ‘खिचडी पाक्ने त हो – होइन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन ।’

उनले एकताको नाममा नेपाल – खनाल समुहले ढुङ्ग्रो फुक्ने काम मात्र गरेको दावी गरे ।

 

164 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal