तुलसीका 10 फाइदाहरू (सेवन विधि सहित)

२०७८ असार ७, सोमबार ०९:४६

तुलसीलाई हिन्दूधर्मालम्वीहरुले विष्णुका रूपमा पूजा गर्ने गर्छन् । हरेकका घरको आँगनमा तुलसी रोपिएको हुन्छ । तर, यसको उपयोग गर्न सके हाम्रो स्वास्थ्यमा निकै लाभदायक हुन्छ । हिन्दूधर्ममा जुन घरमा तुलसी रोपिएको हुन्छ त्यो घरमा सर्प, विच्छी जस्ता हानिकारक किराहरू आउँदैनन् भन्ने विश्वास गरिन्छ । यो धार्मिक कुरा हो । हामीले उठाउन खोजेको प्रसङ्ग हो–

तुलसी प्रयोग तथा उपभोगले हाम्रो स्वास्थ्यमा पुर्‍याउने फाइदाका कुरा ।

१. ज्वरो र सर्दीका लागि तुलसी

तुलसीको ६५ पत्ता र आठ ओटा मरिचको दानालाई २५० मिली लिटर पानीमा राम्रोसँग पकाएर छान्ने । यसमा दूध र चिनी राखेर चियाको रूपमा पिउँदा ज्वरो र सर्दी ठिक हुन्छ । फेरि २० तुलसी र ६ वटा मरिचको दाना मिलाएर खाँदा पनि आराम मिल्छ ।

२. वान्ता रोक्न तुलसी

तुलसी पत्ताको रस र मह बराबरको मात्रा मिलाएरपिउनाले वान्त रोकिन्छ । र रिँगटा लागेको पनि कम हुन्छ । १० ग्राम तुलसीको पत्ता १ ग्राम अलैँचीलाई मिलाएर पिस्नु र १० ग्राम चिनी राखेर खानुहोस् । यसले पित्तको कारण हुने वान्त तुरुन्तै रोकिन्छ ।

३. दाँतको दुखाइका लागि तुलसी

तुलसी पत्ता, मरिचर कपुरलाई पिसेर दुखिरहेको दाँतको बिचमा दबाएर राख्नुहोस् । अथवा तुलसी पत्ता र मरिचलाई मिसेर चक्की बनाएर दुखिरहेको दाँतमा राख्दा पनि आराम मिल्छ । तुलसी पत्ताको रस पानीमा मिलाएर हल्क तातो बनाएर कुल्ला गर्दा पनि दाँतको दुखाई, मुखबाट रगत आउन तथा दाँत सम्बन्धी सबै रोग निको हुन्छ ।

४. टाउकोको दुखाइका लागि तुलसी

टाउको दुखेको बेलामा तुलसी अचुक औषधि बन्न सक्छ । तुलसीको पत्ता पिसेर निधारमालगाउँदा टाउको दुख्ने समस्या हट्छ ।

५. कलेजो सम्बन्धी समस्या

तुलसीको १०–१२ पत्तालाई तातो पानीमा धोएर दैनिक बिहान खाने गरे कलेजो सम्बन्धी समस्या अन्त्य हुन्छ ।

६. मिर्गौलाको पत्थरी

तुलसीले मृगौला स्वस्थ बनाउने काम गर्छ । यदि कसैको मृगौलामा पत्थरी भएको छ भने उसले महमा तुलसी मिलाएर दैनिक खानुपर्छ । यसरी नियमित रुपमा खाँदा ६ महिनामा फरक देखिन्छ ।

७. तनाव मुक्त गराउन तुलसी

तुलसीको पत्तामा तनाव प्रतिरोधात्मक क्षमता हुन्छ । तनावलाई हटाउन तुलसीको १२ वटा पत्ता दैनिक २ पटक खानुपर्छ ।

८. छालाजन्य रोग

छालाजन्य रोगको निदानका लागि पनि तुलसी उपयोगी बन्न सक्छ । दाद, लुतो जस्ता छालाजन्य रोगको निदानका लागि प्रभावित छालामा तुलसी केही दिनसम्म लगाउँदा निको हुन्छ । तुलसीको ताजा पत्तालाई सङ्क्रमित छालामा रगेड्दा यसले इन्फेक्सन फैलनबाट पनि जोगाउँछ ।

९. श्वास गनाउने समस्या

 तुलसीको सुकेको पत्तालाई तोरीको तेलमा मिलाएर दाँत सफा गर्दा पनि श्वास गनाउने समस्या हटाउँछ ।

१०. कानको दुखाई 

तुलसीको पत्तालाई तोरीको तेलमा भुटेर र लसुनको रस मिलाएर कानमा हाल्दा कान दुखाई पनि अन्त्य हुन्छ ।

160 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal