लघुकथा : फादर्स डे

२०७८ असार ६, आईतवार २१:२७

बुवाले भनिरहेका थिए-“बाबु मलाई पुज्नु,ढोग्नु पर्दैन।बस् तँ कर्तव्य परायण बन्।छोरा हुनुको गौरव गराई दे हामीलाई ।”

-“ह्या!बाबा पनि!आज फादर्स डे हो क्या!सबै साथीहरूले फेस्बुकमा आफ्ना बाबाहरूका फोटो राखी सके ह्याप्पी फादर्स डे भनेर ।बाबा नहुनेहरूले फोटो राखि सके ।मेरो त हजुर जीवितै हुनुहुन्छ किन पुज्दै गरेको भिडियो नै नराखूँ? भनेर नि!”भन्दै बाबाको गोडा जबरजस्ती मदनले तान्दै थियो ।उस्का बाबाले भने -“छोरा बुढो हड्डी खिइसक्यो जबरजस्ती नगर् ।पिटिक्क हुन बेर छैन ।”

उताबाट आमाले भन्दै थिइन् ।-“बाउका गोडाहरू घाइते छन् ।रातभर दुखेर सुत्न सक्नु हुन्न ।छोरा आइज न बाबाको गोडा मिच्दे भन्दा बहिरो बन्छस् ।खुब आइस् फेस्बुकमा ढोगेको,पुजेको देखाउँन ।”

आमाको यति बचन सुनी नसक्दै उ बाहिरिई सकेको थियो ।

केही समयपश्चात् मदनको फोनको रिगं बज्न थाल्यो ।-“हेल्लो छोरा,बाबाको गोडा दुखेर अत्ति भो ।के गरेर तानिस्?सुन्निएको पनि छ ।बाबा सुत्न सक्नुभा छैन ।आइज न काँ छस्?हस्पिटल लैजाऊँ “जवाफमा मदनले भन्यो ।-“आमा साथीहरूसँग फादर्स डे मनाको मलाई त लागेछ ।बिहान आएर लानेछु हुन्न?”नशामा ध्रुत बनेर आमाको कल आएको फोनको स्विच अफ गर्‍यो मदनले ।

179 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal