कविता: सिन्धुपाल्चोक रोइरहेछ

कवि : शकुन्तला गुरागाई

119

हेर्दाहेर्दै बिहानीको त्यो सुन्दर दृश्य
सूर्यास्त सँगै अस्तायो
भयो क्षत बिक्षत
घर ढले, महल ढले, झुपडी सक्किए
पैसा बगे, सामान डुबे, चौपाया रित्तिए
सान गयो, मान गयो, सब समान गयो
हे बिनासकारी, हे प्रकृति
साँच्चै किन रिसाएकी
जहिले नि एकै ठाउँ रिसाउने तिमी
किन यति निष्ठुर भएकी
तिम्रै उपहार तिमीले नि फिर्ता लिन मिल्छ र
उपहार दिएपछि किन फिर्ता माग्न
आउँछ्यौ फर्की फर्की
बिन्ती छ मेरो अब
तिमी कहिल्यै न आउ है
तिम्रो उपहारलाई जतन गरेर सजाउँन
मन छ
तिमी त आफैं राम्री छौ
सुन्दर छौ
तिमी जस्तै सुन्दर रहिरहन
देऊ ल
लार्के तिमी पनि सुन
त्यो मेलम्ची र याङ्ग्रेलाई
त्यसरी नथुन
नत्र इन्द्रावतीलाई
सकस पर्छ
अनि हामी सधैं यसरी नै
दलदलमा फस्नुपर्छ ।

( शिक्षक : महेन्द्र मा. वि. बराहक्षेत्र – ७, सुनसरी )

Facebook Comments Box