म्यानमारलाई हतियार नबेच्न राष्ट्रसंघको अपील

२०७८ असार ६, आईतवार १५:२०

संयुक्त राष्ट्रसंघले म्यानमारमा भएको सैन्य कू विरुद्धको प्रस्ताव पारित गर्दै म्यानमारलाई हतियार बिक्री नगर्न सम्पूर्ण सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ । राष्ट्रसंघको महासभाले म्यानमारको सेनाको निन्दा गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

राष्ट्रसंघले सेनालाई शान्तिपूर्ण आन्दोलनमाथि दमन बन्द गर्न र सम्पूर्ण राजनैतिक बन्दीलाई रिहाई गर्न पनि माग गरेको छ ।

‘गृहयुद्ध निम्तिने जोखिम बढ्दो छ,’ म्यानमारका लागि राष्ट्रसंघका विशेष दूत क्रिस्टिन स्क्रानर बर्गेनरले महासभामा भने, ‘सैन्य कू फिर्ता गर्ने अवसर क्षीण बन्दै गएको छ ।’

राष्ट्रसंघको महासभामा म्यानमारविरुद्धको प्रस्तावलाई ११९ मुलुकले सहयोग गरेका थिए । त्यस्तै रुस र चीनलगायत ३६ मुलुकले भने यो प्रस्तावको विपक्षमा मतदान गरेका थिए । बेलारुस भने यसमा तटस्थ बसेको थियो ।

राष्ट्रसंघको प्रस्ताव कुनै कानूनी दस्तावेज नभए पनि यसले राजनीतिक रुपमा भने ठूलो अर्थ राख्छ ।

 

80 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal