यौनकथा “झरीकी रानी”

-विक्रम वली "नेपाली बाबु"

133

साँझ पर्दै थियो । पूर्वबाट बादलको मुस्लो पश्चिम डल्ला डल्ला परेर हावाको वेगसँगै दौडिरहेको थियो । केहिछिनमा आकाश कालो न कालो भयो। आकाश गड्किन थाल्यो । आकाशमा बदलमा बादल ठोकिँदै आकाशले आफ्नै आँगनमा बिजुली बाल्न थाल्यो। केहिसमयपछी हावाहुरीसँगै ठुलो मुसलधारे पानी पर्‍यो। त्यो पानी अनि आकाशले आफ्नै चमकमा बिजुली बालेको कति राम्रो देखिन्थ्यो। पानी झन्झन् ठुलो पर्न थाल्यो । चट्याङको चट्का पनि उस्तै थियो ।

म घरमा एक्लै थिएँ। पानीको कुनै वास्तै नगरी खाना पकाउन म किचेनमा गएँ। टाउकोमा बेरिने गरि कानमा हेडपोन लगाएँ । गीतको धुनमा आफ्नो काम गर्न थालेँ। पकाएर सकेँ। त्यसपछि हलरुममा गएँ मोबाइलमा क्यान्डिक्रस गेम खेल्दै थिएँ। बाहिर चारैतिर पत्ती बालेको थिएँ। रातको नौ बजिसकेको थियो। तर पनि पानीको त्यो लगातार झरी रोकिएको थिएन।बरु झन्झन् वर्षात बढ्दै थियो।

अचानक बाहिरबाट गेटको बेल बज्यो। म एकछिन झस्किएँ । आमा हुनुहुन्न , दस दिनलाई पोखरा जानुभएको छ। बाबा झन् कम्पनीको मिटिङ भएकाले हिजो मात्र महिना दिनको लागि अस्ट्रेलिया जानुभएको छ। को आयो यति राती ।मौसम राम्रो भएको भए पनि कोही आफन्त आएकी भन्नू । यस्तो पानी परेको छ को आयो होला। म बाहिरी सटर गेट खोल्न एक हातमा मोबाइल त्यसमाथि क्यान्डिक्रस खेल्दै गएँ। ढोका खोलेँ अनि म झस्किएँ । एउटी केटी पानीले निथ्रुक्क भिजेर मेरो सामीप्य उभिरहेकी थिई। मैले फेरि पहिले यताकता देखेकै थिएन। उसलाई पानीले यसरी भिझाएको थियो कि उसले लगाएको भित्री वस्त्र पनि छरपस्त्र देखिन्थ्यो ।सेतो टिसर्ट ,जिनको हाफ पाइन्ट,खुट्टामा जुत्ता ,टाउकोमा हेल्मेटको पहिरनमा थिई। उसले लगाएको सेतो टिसर्टको वस्त्रलाई छिचोलेर ,जस्तो कि क्षितिजलाई छिचोलेर सूर्यको किरण हिमचुलीमा परेर रङ्ग छरिएकको हुन्छ त्यसैगरी उसले लगाएको भित्र रातो वस्त्र पनि स्पष्ट देखिएको थियो। मेरै उमेरकी देखेँ तिमी भनेर बोलाएँ

“तिमी को हौ? कहाँ देखि आयौ । यति राती? ”
“थापाथली बाट आएको हुँ।”

“अनि यति राती थापाथलीबाट कता जान हिँडेको हो।?यस्तो पानी परिरहेको छ।?”
“काभ्रेको भञ्ज्याङ् जान हिँडेकी हुँ। चार बजे हिँडेकी हुँ बाटोमा स्कुटी बिग्रियो। बनाउँदा बनाउँदै रात निकै झमक्क भयो। गइहाल्छु भने हिँडे ,बाटोमा पानीले निथ्रुक्क पार्‍यो। तै पनि भिजे भिजे गइहाल्छु भनेर हिँडे। यहिँ तल ओरालोनेर स्कुटी बिग्रियो बन्दै बनेन। अनि धकेल्दै आएँ। सबैको घरमा अँध्यारो थियो। तपाईँको घरमा बत्ती बलेको देखेँ अनि शरण पर्न आकि हुँ।”

“ए! यति राम्री मान्छे ,यस्तो आउट एअर ड्रेसमा तै पनि एक्लै रातिमा कसरी जाने आँट गरेको हौ नि। आजकालको जमाना त्यति ठिक छैन केटी मान्छे रातिमा हिँड्नु हुन्न।”

यति कुरापछि मेरो नजर उसको ओठमा गयो। रातो लाली लगाएको ओठ पानीले पखालेर फिक्का कलर बसेको थियो। आँखा गाजल लगाएको पानीले बगाएर यत्रतत्र आँखाका डिल काला देखिन्थे।निकै टिठ लाग्दा देखिन्थे।

” यतै बस्न अलि स्वभनिय नहोला। आऊ भित्र अलि न्यानो होला। तिमी निकै भिजेकी छौ। तिम्रा ओठहरू पनि चिसोले होला निकै कापेका छन् ।आज पानी रोकिएला जस्तो छैन । झन्झन् ठूलो पानी पर्दै छ। जान्छौ पनि कहाँ र यो राती छ । सबैको दैलोको बत्ती निभिसकेको छ। केटी मान्छे एक्लै गाह्रो हुन्छ.”

भित्र आइन् र हलरुममा एकताले हेलमेट समाएर उभिइरहिन्। मैले टबेल ल्याइदिएँ। लौ पानी पुछ ,चिसो अलि छेक्छ। उनले पुछिन तर पनि उनको शरीर कापेको कापी थियो। मैले आमाको कपडा र मेरो ज्याके ल्याइदिएँ र दिएँ । “लौ! लगाऊ तिमीलाई निकै जारो भएजस्तो छ। “

एकछिन सम्म त अप्ठ्यारो मानेर हो या त के हो लगाइनिन्। केही समयपछि लगाइन् ।त्यो आउट एअर ड्रेसमा मम्मीको खुकुलो वस्त्र लगाउँदा कस्तो अर्कै देखिएकी। तातोपानी तताएर ल्याइदिएँ । सोफामा बसेर कुरा भयो

“कसको कपडा हो?”
“मम्मीको हो”

“खै मम्मी बाबा? घरमा कोही हुनुहुन्न हो?”
“मम्मी दस दिनको लागि पोखरा जानुभएको छ। बुबा एक महिनाको लागि कम्पनीको प्रोजेक्टको कामले गर्दा अस्ट्रेलिया जानुभएको छ। अहिले र म एक्लै हो घरमा।”

“एए, एक्लै पनि कस्तो मन बसेको है घरमा केटा मान्छे भएर?”
“बाध्यता ! कसलाई राख्नु र साथमा । तिम्रो नाम के हो नि?”

“अन्जिला हो। अनि तपाईँको नि?
“ए! हो र राज हो मेरो नाम ।अनि अनि काभ्रे कसको घर जान हिँडेकी नि?”

” काभ्रे साथीको घरमा जान लाको हुँ। पानीले जानै नहुने भयो।”
“एए। आज पानी रोकिने वाला छैन,फेरि केटी मान्छे एक्लै।भोलि जाँदा नि हुन्छ।बरु मनै छोड्दिउँला।अनि घर कता हो नि?”

“उम!! यही थापाथली हो।”

“खाना खायौ कि नाइँ ? ”
नाइँ खाएकी छैन।दिउँसो नास्ता खाएर हिँडेकी हुँ”

त्यसपछि खाना खान दुवैजना बस्यौँ । सँगै बसेर खाना खायौँ। थोरै बियर राखे। पहिले आनाकानी गर्दै थिइन् । मैले चिसो हुनबाट बचाउँछ खाऊ भने। खायौँ।खाँदाखाँदै कति खाइयो । कुनै सीमा नै छैन। हामी पूरा नशाको तालमा डुबी सकेका थियौँ। उनी त खान्न खान्न लोकाचार खाए लोकाचार भने झैँ गरिन।पहिले आनाकानी पछि कति..कति…? सायद यही काठमाडौँ कि भएर होला यसरी पिएकी पनि । म केही बेर त अलि होसमा थिएँ ,पछि त म पनि प्युँदाप्युँदै अचेत भएछु। बेहोसिमा केके भयो भयो। राती बेहोसिको नशाको तालमा अनैतिक सम्बन्ध हुन पुगेछ। बिहान ब्युँझिदा दुबै जना एउटै ओछ्यानमा एउटै ब्ल्याङ्केटले लोमालिएर अङ्गालोमा बाँधिएर पो सुतेका रहेछौँ। दुबैका आँखा सँगै ब्युँझिए। एकछिन त छाँगाबाट खसे झैँ भयौँ। उनी कुना फर्केर रुँदै थिइन। “किन रोएकी।,तिमी पनि नशामा ,म पनि नशामा,के के भयो थाहा नै भएन। जे भयो भयो छोड्देऊ।”

“तपाईँले बियर पिउन लगाउनुभयो अनि यस्तो भयो।”
“मैले नि तिमी कापिरहेकी थियौ।न्यानो होला भनेर पो खाऊ भनेको हुँ नि। नरोऊ अब! म फ्रेस भएर चिया बनाएर ल्याउँछु,तिमी पनि फ्रेस हौ,नास्ता बाहिर होटेलमा गरौँला।अनि काभ्रे जाउँला तिम्रो साथीको घरमा ,तिम्रो स्कुटी बन्दैन म पुर्‍याइदिन्छु “

म यति भनेर बाहिर निस्किएँ। म फ्रेस भएँ,उनी पनि फ्रेस भइन । चिया पियौँ। उनी आफ्नो लुगामा पहिरिइन।म पनि लुगा लगाएँ। बाइक निकालेँ। उनलाई बाइकमा बसले अनि हामी होटेलको नास्ता खाएर काभ्रेतिर लाग्यौँ । ” जे नहुनु थियो भयो। केही गाह्रो भयो भने मलाई फोन गरेर भन। म जहाँ भन्छौँ आइपुग्छु।तर यो कुरा बाहिर कतै नभन है।”

“हुन्छ ”
केही समयपछि हामी काभ्रे उनको साथीकै घरमा पुग्यौँ।

Facebook Comments Box