महाधिवेशनमा सहयोग गर्न देउवाको आग्रह

4

महाधिवेशन नजिकै गर्दा नेपाली कांग्रेसमा छलफलको सरगर्मी बढेको छ । पार्टी सभापती शेर बहादुर देउवा फेरी पनि सभापतिमा उठ्ने भएपछि पार्टीबीच वहसको चर्का चर्की पनि शुरु भएको छ । देउवाले सभापतिमा उम्मेदवारी घोषणा गरेसंगै आफ्ना निकट केन्द्रीय सदस्यहरू तथा अन्य पदाधिकारीहरूसँग तिब्र छलफलमा जुटेका छन् ।

आज आइतवार बिहान उनले बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसँग बुढानिलकण्ठस्थित निवासमा छलफल गरेका छन् । उनले आफ्ना पक्षका केन्द्रीय सदस्यहरूलाई महाधिवेशानमा सहयोग गर्न आग्रह गरेका छन्

कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णय गरेको छ। देउवाले महाधिवेशन लक्षित सक्रियता बढाएका छन् ।