निषेधाज्ञामा बेहुला बेहुली मोटरसाइकलमा

निषेधाज्ञाका बीच आफैले मोटरसाइकलमा चढाएर सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले घरमा बेहुलीलाई भित्र्याएका छन् । धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् ।

बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गर्नुभएको हो । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।

कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ ।