बाढी पीडितलाई सहयोग गर्दै वर्षा सिवाकोटी

भर्खरै सिन्धुपाल्चोक मेलम्चीमा आएको विपदमा परेका मेलम्चीवासीको सहयोग स्वरूप नायिका वर्षा सिवाकोटीले “Join The Movement” नाम गरेको अभियानमा सुरु गरेकी छिन् ।

नायिका सिवाकोटीले आफ्नो फेसबुक मार्फत सबैलाई यो अभियानमा उनलाई सकेको सहयोग गर्न अनुरोध समेत गरेकी छिन् । मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रबाट कैयौँ मानिसहरू विस्थापित भएका छन् । यो अभियानले मेलम्चीवासीको अनुहारमा थोरै भए पनि हाँसो ल्याउने कुरामा उनी विश्वास राख्छिन् ।

 

सिवाकोटीको फेसबुकबाट :-

बाढी पिडित मेलम्चीबासी आदरणीय दाजु भाइ एवं दिदी बहिनीको सहयोगका निम्ति आफ्नो तर्फबाट केही सहयोग गर्न अग्रसर भएकी छु। मेरो यो सानो पहलमा हजुरहरू पनि सहभागी हुन चाहनु हुन्छ भने आउनुहोस् हातेमालो गरौं। हाम्राे सानो प्रयास पिडामा भएका मेलम्चीबासीलाई राहत बन्ने अपेक्षा लिएकी छु।

Bank Details : Prabhu Bank , Anamnagar
Account Number : 0010151410500013
Account Name : K.B. Foundation