असार ४ गते गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिने

२०७८ असार २, बुधबार १२:२९

गण्डकी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ४ असारमा विश्वासको मत लिने भएका छन् । नियुक्त भएको एक सातामै विश्वासको मत लिने तयारी मुख्यमन्त्रीले गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता समेत रहेको पोखरेल कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा २९ जेठमा प्रदेश प्रमुख सिताकुमारी पौडेलले मुख्यमनत्रीमा नियुक्त गरेकी थिइन् ।  पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन ।

299 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal