सिन्धुपाल्चोकमा बाढीको वितण्डा (फोटोसहित)

अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढीको बितण्डा मच्चिएको छ । विभिन्न नदीहरुमा जलसतह खतरा तहमा पुगेको छ ।

मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले धेरै जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षत बिक्षत बनाएको छ । यसै गरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी सम्पूर्ण उडाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पुर्याएको छ ।