एकता लागी प्रधानमन्त्री एवं अध्यक्ष ओलीले एक पद छोड्नुपर्ने माग ( विज्ञप्तिसहित् )

पार्टीमा ‘एक व्यक्ति एक पद’ को माग गर्दै नेकपा ( एमाले ) नेपाल समूह निकट युवा संघ बागमती प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पद छाड्न माग गरेका छन् ।

मंगलबार वक्तव्य जारी गर्दै अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाडेर पार्टी एकताको पक्षमा उभिन र आम कार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गरेको छ ।